Wednesday, November 23, 2016

पर्वत साहित्य सङ्गमका पाँच पुरस्कार घोषणा

फलेवास (पर्वत), ९ मङ्सिर । जिल्लाको सबैभन्दा जेठो साहित्यिक संस्था पर्वत साहित्य सङ्गमले आफू मातहत स्थापना गरिएका विभिन्न पाँचवटा पुरस्कार घोषणा गरेको छ ।

नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा समग्र नेपाली वाङ्मयको उन्नयनमा उल्लेख्य योगदान पु¥याउने स्रष्टालाई प्रदान गर्ने गरी स्थापना गरिएका पुरस्कार यो वर्ष २०७३ का लागि धौलागिरि अञ्चलमा जन्मे–हुर्केर साहित्य तथा शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएका पाँचजना व्यक्तित्वलाई प्रदान गर्ने गरी निर्णय गरिएको छ ।

निर्णयअनुुसार बागलुङ जिल्ला नारायणस्थान गाविसका कवि तथा निबन्धकार भुपिन खड्कालाई ‘पर्वत साहित्य सङ्गम साहित्यिक पुरस्कार’ प्रदान गरिने भएको छ भने म्याग्दी जिल्ला बेनी नगरपालिकाका कवि एवम् साहित्यकार भक्त कार्कीलाई ‘मान–पदम साहित्यिक पुरस्कार’ प्रदान गरिने भएको छ ।

यसैगरी, पर्वत जिल्ला लिमिठानाका कवयित्री एवम् साहित्यकार साधना प्रतीक्षालाई ‘डिल्ली–राधा साहित्यिक पुरस्कार’ प्रदान गरिनेछ । यी तीनवटै पुरस्कारको राशि जनही १०÷१० हजार रुपैयाँ नगद, दोसल्ला र प्रशंसापत्र रहेको पर्वत साहित्य सङ्गमका अध्यक्ष राजेन्द्र पहाडीले जानकारी दिनुभयो ।

घोषित अन्य पुरस्कारमा ‘नमुना साहित्य तथा शिक्षा पुरस्कार’ पर्वत जिल्ला शङ्करपोखरी गाविसका कृषिविज्ञ तथा साहित्यकार सदानन्द जैसी ‘अभागी’लाई र ‘संस्कृति बालप्रतिभा पुरस्कार’ पर्वत जिल्ला कुश्मा नगरपालिका, पाङका बाल–प्रतिभा अमन पौडेललाई प्रदान गरिने भएको छ । यी दुवै पुरस्कारको राशि जनही पाँच÷पाँच हजार रुपैयाँ नगद, दोसल्ला र प्रशंसापत्र रहेको छ ।

पर्वत साहित्य सङ्गमका अध्यक्ष राजेन्द्र पहाडीले दिएको जानकारीअनुसार पर्वत साहित्य सङ्गमको आन्तरिक स्रोतबाट रु ५० हजार राशिको अक्षयकोष स्थापना गरी ‘पर्वत साहित्य सङ्गम साहित्यिक पुरस्कार’, संस्थाका निर्वतमान अध्यक्ष इन्द्रमान खत्रीले रु ५० हजार राशिको अक्षयकोष स्थापना गरी ‘मान–पदम साहित्यिक पुरस्कार’ र वर्तमान सचिव डिआर शर्माले रु ५० हजार राशिको अक्षयकोष स्थापना गरी ‘डिल्ली–राधा साहित्यिक पुरस्कार’ स्थापना गरिएको हो ।

यसैगरी, सदरमुकाम कुश्मामा रहेको नमुना आवासीय माध्यमिक विद्यालयले रु २५ हजार राशिको अक्षयकोष स्थापना गरी ‘नमुना साहित्य तथा शिक्षा पुरस्कार’ र सङ्गमका सदस्य सुशील थकाली ‘अनुरागी’ले रु १० हजार राशिको अक्षयकोष राखी ‘संस्कृति बालप्रतिभा पुरस्कार’ स्थापना गरिएको हो । पाँचवटै पुरस्कार दुई÷दुई वर्षमा प्रदान गरिने गरी व्यवस्थापन गरिएको पर्वत साहित्य सङ्गमले जनाएको छ ।

इन्द्रमान खत्री संयोजक तथा सहप्राध्यापक लक्ष्मीप्रसाद शर्मा र वरिष्ठ साहित्यकार इन्द्रकुमार विकल्प सदस्य रहेको पुरस्कार छनोट समितिको सिफारिसअनुसार प्राप्त भएका नामलाई सङ्गमको कार्यसमितिबाट अनुमोदन गरी सार्वजनिक गरिएको बताएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...