Friday, November 25, 2016

अनुष्काको अडियो सार्वजनिक

घोष्ट राइटिङ नेपालको प्रकाशन कवि, गीतकार तथा साहित्यकार सुरेन्द्र महर्जन”अमर” को एघारौं कृति अनुष्का उपन्यासको अडियो सार्वजनिक भएको छ । व्यस्तताको बेलामा किताब पढ्ने समय हुँदैन त्यस कारण प्रत्येक मान्छेको व्यस्तताको कदर गर्दै छोटो समयमै सिंगो पुस्तक अडियोमा प्रकाशित हुँदा कुनै पनि बेला कहीं पनि छोटो समयमै अडियो सुन्न सकिने भएको छ अनि आफैले उपन्यासमा भएको कथा पढेको आभास गर्न सकिन्छ ।
कथा अनुसारको संगीत अनि कथा अनुसारको गीत समावेश गरी तयार भएको बुझ्न सकिन्छ । कथामा सुहाउँदो संगीत राज कुमारको रहेको छ । अडियोमा भएको गीतका रचनाकार स्वयम् सुरेन्द्र महर्जन”अमर” नै हुन । चर्चित अनि सबैले मन पराएको लाखौं लाख दर्शक स्रोताको मन जित्न सफल (youtube) युटुब मार्फत सार्वजनिक भएको सुपर हिट मेलिना राईको “म भन्दा नि” बोलको गीतको ट्र्याक समावेश रहेको छ भने पुरै कथामा मेलिना राईको मिठो आवाज समावेश हुँदा अनुष्काको अडियोमा सुन्दता थपेको सुन्न अनि बुझ्न सकिन्छ । कथा सुनाउने मुख्य वाचक के.के अधिकारीले कथालाई सुनमा सुन्दरता थपेको र सुन्नेलाई आनन्दको अनुभुती दिएको छ ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...