Friday, November 25, 2016

इटहरी सुनसरीका निलब बराल जर्मनिबाट पानी अभियानलाई रु ३१ हजार सहयोग

unnamed-1
 नेपाली स्सरकारी कर्मचारीहरु अब सोच्ने बेला आएको छ ।नेपाली नेताहरु सधै कुर्सीका पाहुना भयौ । नेता र कर्मचारीले राम्रोसित काम गर्ने हो भने बिश्वको जलश्रोतको धनी देश पानीको लागि तड्पिनु पर्ने थिएन ।  पानी भएको देशमा जनताले  पानी नपाउनु  भ्रष्टाचारले गर्दा हो । अत  प्रवासबाट मित्रलाल पार्देले संचालन गर्नु भएको  पानी अभियानको नारा पूरा होस् भन्ने कामना गर्दै   युगले जित्ने समग्र दुनियाँले जित्ने पानी अभियानलाई हामी सबैले साथ दिनुपर्छ भन्दै  इटहरी सुनसरीका हाल जर्मनीबाट निलब बरालले रु ३१ हजार सहयोग गर्नु भएको छ । उक्त रकम पोल्यान्ड बस्ने पानी अभियानकर्ताको हातमै आफ्ना सहयोगी मार्फत पठाउनु भएको हो ।  उहाले उक्त रकम सहयोग गर्दै  भन्नु भएको छ ” पानी अभियान हामी सबैको अभियान बन्नुपर्छ  र यो नारा अनुसार हरेक नेपाली गाउँहरुमा सफल हुँदै गयो भने नयाँ युगको शुरुवात हुनेछ  । “
        स्मरण रहोस्  पानी अभियान शुरु भएको गाउँ सुनपुरमा जबसम्म हरेक  घरमा धारो हुने छैन तब सम्म गाउँमै नफर्किने गरी अभियानकर्ता मित्रलाल पार्देले भिश्म अठोट लिएर पोल्यान्डबाट पानी अभियान चलाइरहेका छन् भने गाउँमा प्रेम केसीको संयोजकत्वमा समिती गठन भै हरेक महिना पानी अकाउन्टमा जम्मा भएको रकम सार्वजनिक गर्दै आइरहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...