Tuesday, November 1, 2016

नर्दन क्यालिफोर्नियामा लक्ष्मीजयन्ती

unnamed
अन्तराष्ट्रीय नेपाली साहित्य समाज उत्तरी क्यालिफोर्निया च्याप्टरको कन्फ्रेन्सकल वैठक च्याप्टरका अध्यक्ष सर्बज्ञ वाग्लेको अध्यक्षतामा अक्टोवर २५ मा सम्पन्न भएको छ । वैठकले आगामी नोभेम्वर ६ मा अनेसास नर्दर्न क्यालिफोर्नियाका क्षेत्रीय उपाध्यक्ष प्रमोद अमात्यको संयोजकत्वमा स्याक्रामेन्टोमा लक्ष्मी जयन्ती भव्यरुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । सो बैठकले कार्यक्रम सफल वनाउन विशेष सहयोग पुर्याउन समाजका सल्लाकार तथा साहित्यकार बासु ढकालले व्यक्त गर्नु भएको प्रतिवद्धताको स्वागत गर्दै संरक्षक ध्रुव थापाले विभिन्न सामाजिक कार्य गर्ने हेतुले गर्न लाग्नु भएको मातृभूमीको यात्राको सफलताको कामना समेत गरेको छ । अनेसास नर्दर्न क्यालिफोर्नियाले सम्पूर्ण साहित्यानुरागी महानुभावहरुलाई आ-आफ्नो रचना सहित उपस्थित हुन तथा नेपाली भाषा तथा साहित्यको संरक्षण लागि कार्यक्रममा उपस्थित भई लक्ष्मी जयन्ती कार्यक्रम सफल पारी दिन सम्पूर्ण नर्दन क्यालिफोर्नीया बासीहरुमा हार्दिक अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

fullsizer1 img_65701 img_66451
Date: November 6, 2016, Sunday 4 PM- 7PM
Venue:
315 E 14th street Davis,
CA 95616
Phone :530-757-5593/5598

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...