Tuesday, November 1, 2016

साहित्यकार नीलम कार्की निहारिका संग कान्तिपुरले लिएको अन्तर्वार्ता

nilam-karki

साहित्यकार नीलम कार्की निहारिका जन्मभूमि बाहिर रहेर पनि निरन्तर साहित्य साधनामा लागि रहेकी छिन् ।अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएकी निहारिकालाई साहित्य फाँटमा अमेरिकामा परिचय गराई रहनु पर्दैन l

उनले महाभारतकालिन कथा भित्र पसेर लेखिएको चीरहरण पुस्तक प्रकाशित गरे पछि उनि चर्चा परिचर्चाको शिखरमा पुगिन l चिरहरणमा द्वापर युगकी सत्यवती देखि द्रोपदी सम्म पुग्दा वर्तमान समय भोगाई र घटनाहरु बुनिएका छन् l मदन पुरस्कारमा समेत उनि छनौटमा परेकी थिइन् l

नीलम कार्की निहारिकाको कविता ,कथा र उपन्यास मा कलम चल्ने गर्दछ | राष्ट्रिय स्तरका कविता प्रतियोगिताहरुमा पुरस्कृत हुँदै अघि बढेकी निहारिका कथामा पनि सिद्द हस्त मानिन्छिन् l

nilam-karki-1ईनेपलिजले उनका किर्ति ,समाचार ,कविता तथा साहित्यका थुप्रै सामग्री निरन्तर रुपमा लेख्ने तथा प्रकाशित गर्ने गर्छ l उनका शृजनाहरु विश्व ब्यापी हुन् भन्ने हेतुले नेपाली समुदाय पुगेका सबै जसो राष्ट्रमा उनका सामाग्रीहरु पुर्याएका छौ l

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान–२०६२ ले प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार–२०७२ भने यस वर्ष ‘चीरहरण’ उपन्यासका लेखिका नीलम कार्की ‘निहारिका’ लाई प्रदान गरिएको थियो भने रु दुई लाख राशिको सम्मान र पुरस्कार एक समारोहका बीच प्रतिष्ठानका संरक्षक जीवा लामिछानेका आमा हरिकला लामिछानेले प्रदान गरेका थिए l

nilam

यसै शिलशिलामा नेपाल पुगेको अवसरमा कान्तिपुरको सुमन संग भन्ने चर्चित कार्यक्रममा निलम कार्की निहारिका संग गरिएको श्रब्य दृश्य ( भिडियो )तथा केहि उनका छायाचित्रहरु :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...