कपिलवस्तु, १२ मङ्सिर । आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन हुने गरी संविधान संशोधन प्रस्ताव यथाशीघ्र संसद्मा दर्ता गर्न नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारसँग आग्रह गर्नुभएको छ ।
सद्भावना पार्टीद्वारा आज तौलिहवामा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष महतोले संविधान संशोधनका लागि पछिल्लो पटक मोर्चाले दिएको १५ दिने समय सीमा समाप्त हुन लागेको भन्दै संशोधन प्रस्ताव संसद्मा दर्ता भएपछि मात्रै मोर्चाले प्रस्तावका बारेमा धारणा प्रस्तुत गर्ने बताउनुभयो ।
नेता महतोले मोर्चासँगको सम्झौताअनुरुप मधेस आन्दोलनका घाइतेलाई औषधि उपचार, मृतक परिवारलाई राहत र ज्यान गुमाएकालाई सहिद घोषणाजस्ता सकारात्मक काम गरेकोप्रति सरकारलाई धन्यवाद दिनुभयो ।
No comments:
Post a Comment