Sunday, November 27, 2016

हरिवंशले चित्रबहादुर केसी जस्तै प्रधानमन्त्री पनि गाडीबाट लड्नुपर्छ भनेपछि…

maha-1

काठमाडौँ, १२ मङ्सिर । ‘साझा बसमा जो पनि चढ्दछ, किलिन्डरले दुई रुपियाँको टिकट काट्दछ…. हामी पनि हुइँकिउँ बुइनी साझा बसैमा !’ निकै व्यङ्ग्यात्मक शैलीमा हरिवंश आचार्यले पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी माइक्रोबसबाट लडेको उदाहरण दिँदै अब प्रधानमन्त्रीसहित नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरु पनि त्यसरी नै लड्नुपर्छ भनेपछि सभा कक्ष हाँसोले निकै गुञ्जायमान बनेको थियो । आचार्यले त्यति मात्र हैन, अब, देश खलासीले चलाउनुपर्छ भनेपछि सबैको ध्यान खिँच्यो । कलाकार हरिवंश आचार्यले मञ्चमा आफ्नो पुरानो गीत गाउँदा पुल्चोकस्थित साझा यातायातको प्राङ्गण उल्लासमय बन्यो । साझा यातायातका नयाँ बस शुभारम्भ कार्यक्रममा महजोडीको भावनात्मक व्यङ्ग्य तर सन्देशमूलक प्रस्तुतिले उपस्थित प्रधानमन्त्रीसहित मन्त्री तथा नेतागणलाई निकै गम्भीर बनायो । कलाकार मदनकृष्ण श्रेष्ठले दश पैसाबाट सुरु गरेर रु दुई हुँदै रु १५ सम्म भाडा रहेको साझाको अनवरत यात्राको कहानी कोट्याउँदा कलाकार आचार्यले अब, यसभन्दा बढी भाडा नबढोस्, साझालाई सुरक्षित, भरपर्दो र समयमै गन्तव्यमा पुग्ने बनाइयोस् भनी कामना गर्नुभयो । “साझा यातायात मेरो बच्चादेखिकै साथी हो, त्यतिबेला रु दुईको टिकटको गीत लेखेको थिएँ, अहिले रु १५ पुगेको छ, अब नबढोस्,” उहाँले भन्नुभयो ।

निकै व्यङ्ग्यात्मक शैलीमा आचार्यले पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी माइक्रोबसबाट लडेको उदाहरण दिँदै अब नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेताहरु पनि त्यसरी नै लड्नुपर्छ भनेपछि सभा कक्ष हाँसोले निकै गुञ्जायमान बनेको थियो । आचार्यले त्यति मात्र हैन, अब, देश खलासीले चलाउनुपर्छ भनेपछि सबैको ध्यान खिँच्यो । खलासीले जसरी बसमा सबै जातजाति, समुदायलाई मिलाएर व्यवस्थापन गर्छ, नेताहरुले पनि त्यसैगरी सहमतिबाट देशलाई अघि बढाउनुपर्छ । भिडियोः देशको वर्तमान परिस्थितिलाई इङ्गित गर्दै कलाकारको सो प्रस्तुतिबाट प्रधानमन्त्री पुष्पकमल दाहाल पनि निकै प्रभावित भएपछि भन्नुभयो–“महजोडीले भन्यो ‘सरकार र राजनीतिक दललाई खलासी बन्न’, मैले के ठानेको छु भने म अहिले खलासी नै छु र मैले बल गरिरहेको छु सबै मिलेर बसौँ भनेर, तपार्इंहरुले पनि साथ दिनुस् ।” प्रधानमन्त्री दाहालले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा देशभित्र यातायात व्यवस्थाको अराजकतालाई ध्यानमा राख्दै सुधारका नीति र योजनालाई कार्यान्वयनमा ल्याउन तथा ट्राफिक व्यवस्थापनमा लागिपरेको सन्दर्भमा साझाको काम सराहनीय रहेको बताउनुभयो ।

चौडा सडक र ठूला बस सहरका लागि अपरिहार्य छ भन्दै प्रधानमन्त्री दाहालले सहरी व्यवस्थापन र यातायात व्यवस्थालाई प्रभावकारी बनाउन काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई ऐन मार्फत व्यवस्थित गरी उपत्यकाका तीन वटै जिल्लाका सहरलाई एकीकृत र गोलबद्ध बनाएर लैजाने गृहकार्यमा सरकार लागिपरेको जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले काठमाडौँको यातायात व्यवस्थापन गर्न कामपाले साझासँग सहकार्य गरी नयाँ बस सेवा सुरु गरेको बताउनुभयो । उहाँले अबको लक्ष्य काठमाडौँ बाहिरका मुख्य सरहमा सेवा पु¥याउने र त्यसका लागि रु पाँच करोड बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो । कामपाले यसअघि ३० बसमा रु १० करोड सेयर लगानी गरेको थियो । स्मार्ट कार्ड मार्फत यात्रुले सहजै शुल्क तिर्ने व्यवस्था गरिने साझाले जनाएको छ । साझा यातायात सहकारीका अध्यक्ष कनकमणि दीक्षितले ‘चौडा सडकमा ठूलो बस’ अवधारणाअनुरुप साझाले आफ्नो सेवा विस्तार गरेको बताउँदै सहरी यातायात व्यवस्थापनका लागि नयाँ नीति चाहिने औँल्याउनुभयो । साझाले आजदेखि उपत्यकाका चार मार्गमा सुविधासम्पन्न ३० नयाँ बस शुभारम्भ गरेको हो । साझाका पुराना आठ सहित नयाँ गरी आजदेखि ३८ बस उपत्यकामा सञ्चालन भएका छन् ।

सिबी अधिकारी/रासस

भिडियोः अनलाइनखबर ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...