Monday, November 21, 2016

image1

म सेवा गर्छु भन्ने मूल मन्त्र लिएर झण्डै सय बर्ष अघि देखि संसार भरि आफ्नो परोपकारी अभियान संचालन गरेको लायन्स क्लब अन्तर्गत गत सेप्टेम्बर १९ मा गठन भएको शिकागो नेपाली सेन्टेन्नियल लायन्स क्लबले स्थापना पछि पहिलो पटक बृहद रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नोभेम्बर २० २०१६ मा शिकागोको ५६४९ नर्थ शेरिडन स्थित सेन्ट एन्ड्र्यिु चर्चमा आईतबार बिहान १० बजे देखि बेलुका ५ बजे सम्म भएको सो कार्यक्रममा ५१ जना युवा युवतीले रक्तदान गरेका थिए ।

शिकागो स्थित स्थानीय नेपाली संघ संस्था हरु CNFS, NRN, ANMA,NEWA, DABU र शिकागो थारु सोसाईटीले एेकबद्दता जनाएको सो रक्तदान कार्यक्रम अपेक्षा गरिएभन्दा बढि सफल भएकोमा शिकागो नेपाली लायन्स क्लबले कृतज्ञता ज्ञापन गरेको थियो ।

यस्ता परोपकारी कामहरुको सबै नेपाली संघ संस्थाहरु मिलेर आगामी दिनमा पनि निरन्तरता दिने भन्ने कार्ययोजनामा CNFS का टेकराज पौडेल, शिकागो नेपाली सेन्टेन्नियल लायन्स क्लबका रमाकान्त खरेल र एन आर एनका सुमन वस्तीले ऐक्यबद्दता जनाएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...