Monday, November 21, 2016

More 2 of 19 Print all In new window नेपाली समुदायमा स्कटिस विन्टर फेस्टिवल , चुंगी र क्यारम प्रतियोगिता

unnamed-2

स्कटल्याण्ड , युके।       स्कटल्याण्डमा क्रियाशील नेपाली संस्था  अर्गनाईजेसन फर नेपलिज कल्चर एण्डवेलफेयर (ओएनसीडब्लू )  को आयोजनामा   स्कटिस विन्टर फेस्टिवल कार्यक्रम  एबर्डिन  सहर मा  आयोजना गरिएको छ।   कार्यक्रम अन्तर्गत नेपाली सांस्कृतिक कार्यक्रम को साथै  चुंगी र क्यारम  प्रतियोगिता आयोजना गरिएको थियो।

unnamed-1

नेपालमा निकै लोकप्रिय  भएपनि बिदेशमा पहिलो पटक यस्तो प्रतियोगितमा भाग लिदा सहभागीहरु निकै उत्साहित भएका थिए।  १२ जना  सहभागी चुंगी प्रतियोगितामा डा  बिभु पौड्याल र १७ जना सहभागी  क्यारम प्रतियोगितामा अमृत बोहरा प्रथम हुनु भएको थियो। प्रतियोगिता बिजयीहरुलाई जेस्ठ नागरिक श्रीमती सोमा घिमिरेले पुरस्कार प्रदान गर्नु भएको थियो।

unnamed-3

यस्तै संस्कृतिक कार्यक्रममा चार वर्षदेखि ७६ वर्ष सम्मका सहभागीहरुले प्रस्तुति दिएका थिए।  संस्कृतिक कार्यक्रममा डा सोहन घिमिरे, रेनुका ढकाल, पावना  शर्मा, सोमा घिमिरे, मेलिसा रेग्मी, सोफी रेग्मी, मुकुल दाहाल, नबिन छेत्री, दिपेश रेग्मी, डा  विभु पौड्याल, सुहार्जन भट्टराईले गायन प्रस्तुति दिएका थिए भने अनुष्या बोहोरा, अंशु भण्डारी, आरजब पौडेल , सरल दाहाल लगायतले नृत्य र बाद्यबदन प्रस्तुत गरेका थिए।

unnamed-4

अर्गनाईजेसन फर नेपलिज कल्चर एण्डवेलफेयर (ओएनसीडब्लू ) ले बिगत चार वर्षदेखि  साप्ताहिक रुपमा नेपाली समुदाय माझ स्वस्थ हिडाई  ( हेल्थ  वाक) आयोजना  गर्दै आएको छ भने स्कटल्याण्ड सरकार र अन्य  निकायको सहयोगमा नेपाली समुदाय केन्द्रित विभिन्न क्रियाकलापहरु गर्दै आएको छ।     संस्थाका अध्यक्ष दिपेश रेग्मीले  नेपाली समुदायमा केन्द्रित रहेर धेरै कार्यक्रमहरु गर्न    संस्था निकै  सफल रहेको बताउनु भएको छ।  स्कटिस विन्टर फेस्टिवलको लागि  स्कटल्याण्ड सरकार र स्कटल्याण्ड को अल्पसङ्ख्य  समुदायमा कार्य गर्ने बीइएमआइसले सहयोग गरेको थियो।

unnamed

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...