Saturday, December 3, 2016

गोविन्द केसीको माग पूरा , आइओएमको नयाँ डीनमा जगदीश अग्रवाल नियुक्त

agrawal१८ मंसिर, काठमाडैं । त्रिवि कार्यकारी परिषदको शनिबार बसेको बैठकले आजैको मितिदेखि लागू हुनेगरी आइओएमको डीनमा अग्रवाललाई नियुक्त गरेको छ। यो नियुक्तिसँगै डा. गोविन्दकेसीको महत्वपूर्ण माग सम्वोधन भएको छ ।

डीन नियुक्ति र अन्य मागमा सम्झौता नजिक भएकाले डा केसीको अन्सन पनि आजै तोडिने तय भएको छ।

डा केसीको ज्यानभन्दा ठूलो कुरा पद नभएको भन्दै नवनियुक्त डीन केपी सिंहले शुक्रबार राजीनामा दिएपछि अग्रवालको नियुक्तिका लागि बाटो खुलेको हो।

यसैबीच स्वास्थ्यमन्त्री गगन थापाले डा केसीलाई भेटेर सरकार माग पूरा गर्न तत्पर रहेको जानकारी गराएको थापाका प्रेस संयोजक जीवन भण्डारीले जानकारी दिए ।

मन्त्री थापाले  सो क्रममा अनसन तोड्न आग्रह गरेका थिए।मन्त्री थापासँग डा. केसीले सरकारले आइओएममा नयाँ विद्यार्थी होस्टेल बनाउन पहल गरिदिनुपर्ने माग गरे ।त्यसको जवाफमा मन्त्री थापाले त्यसका लागि सरकारले तत्कालै काम थाल्ने वचन दिएका थिए।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...