Saturday, December 3, 2016

दक्षिण एसियाली खेलकुदको मिति घोषणा

काठमाडौँ, १८ मङ्सिर । ओलम्पिक काउन्सिलले तेह्राँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को मिति घोषणा गरेको छ ।

काउन्सिलको आज यहाँ सम्पन्न बैठकले सन् २०१९ मार्च ९ देखि १८ सम्म उक्त प्रतियोगिता नेपालमा आयोजना गर्ने निर्णय गरेको हो । भारतमा यसैवर्ष सम्पन्न १२औँ साग समापन समारोहमा नै १३औँ साग नेपालमा गर्ने घोषणा भएको थियो । हरेक दुई वर्षमा आयोजना हुने उक्त खेल नेपालको आन्तरिक कारणले केही समय लम्बिन गएको हो ।

आजको बैठकले ओलम्पिक परिषद्को प्रधान कार्यालय काठमाडौँमा स्थापना गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले राससलाई बताउनुभयो ।

तेह्रौँ सागमा कम्तिमा २० र बढीमा २५ खेल समावेश गर्ने निर्णय पनि बैठकले गरेको उहाँले जानकारी दिनुभयो । परिषद्को अर्को बैठक भुटानमा हुनेछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...