इटहरी, १६ पुस । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम मेहताले बिपी कोइरालाले लिनुभएको मेलमिलाप एवम् सहकार्यको नीतिलाई आत्मसाथ नगरेसम्म नेपालीले चाहे जस्तो शासन व्यवस्था प्राप्त गर्न नसक्ने बताउनुभयो ।
आज सुनसरीको इटहरीस्थित शान्ति जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २१ आँै वार्षिक साधारणसभामा उहाँले संविधान कार्यान्वयनका लागि सबै पक्ष गम्भीर हुनुपर्दछ भन्नुभयो ।
राज्यमन्त्री मेहताले आगामी २०७४ माघभित्रमा तीनवटै तहको निर्वाचन नभए संविधानको अस्तित्व नै खतरामा पर्ने सक्ने उल्लेख गर्दै निर्वाचनको वातावरण बनाउनका लागि भएपनि एमालेले संसद् अवरुद्ध गर्न नहुने बताउनुभयो ।
सो संस्थामा एक हजार ४५६ सेयर सदस्य रहेका छन् । संस्थाले रु. ३५ करोड ६२ लाख ३८ हजार ८८८ कारोबार र रु. २५ करोड १९ लाख ६८ हजार कर्जा प्रवाह गरेको अध्यक्ष बमबहादुर न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रममा असल ऋणि, उत्कृष्ठ बचतकर्ता र प्रवेशिका परीक्षामा उत्कृष्ठ अङ्क ल्याएर उतीर्ण गरेको छात्रछात्रालाई सम्मान गरेको थियो ।
No comments:
Post a Comment