Saturday, December 31, 2016

जिरी क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

himpaatदोलखा, १६ पुस । दोलखाको जिरी आसपासको उच्च पहाडी क्षेत्रमा आज दिउँसोबाट हिमपात सुरु भएको छ ।

जिरी बजारबाट माथि च्योर्दुङ डाँडामा शुक्रबार साँझदेखि नै हिमपात भएको भए पनि अहिले पटासे ठूलोढुङ्गा, काप्ती, हुनुमान्तेलगायतका क्षेत्रमा हिमपात सुरु भएको हो । हिमपात सुरु भएसँगै जिरी क्षेत्रको चिसोले जनजीवनसमेत प्रभावित बनेको छ ।

पुनःनिर्माणको काम सुरु हुन नसक्दा चिसोका कारण अस्थायी टहरामा रहेका भूकम्पपीडित बालबालिका तथा वृद्धवृद्धा प्रभावित भएका हुन् । त्यस्तै रामेछापको तामेडाँडा, गुम्देल, देउराली शेरदिङ आसपासका क्षेत्रमा पनि हिमपात सुरु भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...