Wednesday, December 14, 2016

प्रेस बिज्ञप्ती- एनआरएन युएसए मेरिल्याण्ड स्टेट च्याप्टर परिबार । अमेरिका ।

सानो गौथली-७ काभ्रे निवासी ३१ बर्षिय लक्ष्मी परीबारको बोक्सिको आरोपमा निर्घातरुपले कुटपिट गर्दा गत शक्रबार मृत्युभएको खबरले एनआरएन मेरिल्याण्ड च्याप्टरलाईस्तव्ध तुल्याएको छ ।  मानव अधिकार र लोकतन्त्रको  मानबिय बिकसित युग एक्ताईसौशताब्दीमा पनि दशौं शताब्दिको मध्ययुगीन अन्धविश्वासी संकिणताको दानबिय परिघटनाघटिरहनु बिकसित सामाजको दुर्भाग्य हो । नेपाली समाजमा यो या त्यो  बहानामा दुषित रअन्धविश्वासी आरोप लगाएर घटाईने एस्ता अनेकौ रुडीबादी  आततायी घटना कुनैहालतमा क्षम्य हुनुहुदैन ।

दुई अबोध बालक छोराहरुको सामुन्ने आफ्नी निर्दोष आमालाईपशुसरह रुखमा बॉधेर मान्छेको मलमुत्र खुवाई काठले र लातले आक्रमण गरिरहंदा तिबालकको मन र मस्तिष्क कति उत्खेलित भयो होला कल्पना गर्न सकिदैन । प्रत्यक्षदर्शीनादान छोराले दिएको श्रब्यदृश्य बयान ( भिंडियो बयान ) हेर्दा जो कोहिले पनि आफ्नो मनसम्हाल्न मुस्किल पर्छ । सुनियोजित आक्रमण गर्ने त्यस्ता आततायीहरुलाई हदसम्मकोकारबाही गरिएन भने भविश्यमा यस्ता घटनाहरुले प्रशय पाउनेछन । भनिन्छ बालबालिका भगवानका रुप हुन उनिहरु जे देख्न त्यहि बोल्छन तसर्थ बालक छोराकोबयानलाई आधारमानि उक्त घटनामा संग्लग्न सबैलाई राज्यले कड़ा भन्दा कड़ा कारबाहीगरोस । अन्त्यमा हामी बिश्वका सम्पुर्ण गैरआवासिय नेपालि जनसमुदायहरुले आआफ्नोठाउबाट दोषि उपर सख्त कारबाही गरि मृतक लक्ष्मी परीबारका बाल बच्चाहरुकोरेखदेख र स्तरिय शिक्षाको ज़िम्मा  नेपाल सरकार लियोस भन्दै दवाब सिर्जना गरौ । धन्यबाद ।

जेदु पोखरेल

अध्यक्ष

 एवं एनआरएन युएसए मेरिल्याण्ड स्टेट च्याप्टर परिबार ।

अमेरिका ।

१४ डिसेम्बर २०१६

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...