Wednesday, December 14, 2016

याहू को एक अर्ब खाता अनधिकृत रुपमा चोरी (तात्तातो समाचार )

gettyimages-493360991

याहूले पटक पटक गरेर अरीब १ अर्ब खाता अनधिकृत रुपमा चोरी भएको जनाएको छ l याहू आज बुधबार सेप्टेम्बर १४ तारीख उक्त जानकारी गराएको छ l ३ बर्ष अगाडी सन २०१३ सेप्टेम्बरमा अतिक्रमणमा परेको हो l अहिले आएर याहूले सन २०१३ मा अनधिकृत रुपमा अन्य पक्षले १ अरब भन्दा ज्यादा प्रयोगकर्ता तथ्य चोरेको बिश्वास लिएको छ l

उक्त तथ्यमा नाम ,बिधुतीय डाक(ईमेल) तथा सांकेतिक शब्द(पासवर्ड) लिएको बताएको छ तर आर्थिक सूचना लिएको भन्ने बिषयमा बताएको छैन l प्रतिष्ठानले असर परेका सबै प्रयोगकर्तालाई खबर गर्ने र सांकेतिक शब्द परिवर्तन गर्नु पर्ने आवश्यक बताएको छ l

विश्व मैं सबै भन्दा ठुलो ३ महीना भित्र भएको अतिक्रमण पछि याहू ले करीब ५० करोड़ याहू खाता चोरी भएको स्विकारेको थियो l याहू अहिले अमेरिकाको भेराइजनले ४.८ अरबमा किन्नू अगाडी वास्तविक अतिक्रमण अबलोकन गरेको थियो भनी सीएनएन ले लेखेको छ l

यी कुरा सतहमा आए पछि भेराइजनले कुनै अंतिम नतीजा पुग्नु अगाडी यो नया कुराको प्रभावको समीक्षा गर्ने बताएको छ l याहूले यास बिषयमा निरंतर मूल्यांकन तथा अनुसन्धान गर्ने खबर पनी छ l आज को यो खबरले बुधबार दिसम्बर १४ तारीख धितो पत्र कारोबारमा २.५ प्रतिसत मा तल झरेको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...