डा. गोबिन्द के.सी ज्युको अमुल्य जिबनको रक्षा तथा तीन करोड नेपालीहरुको सु-स्वास्थ र स्वास्थ शिक्षामा सबैको सहज पहुँचका लागि गरिएको उहाँको जायज मागहरुलाई पुर्ण समर्थन गर्दै भोली दिउसो ठिक १२:०० बजे 9300 Signal View Dr., Manassas, VA 20111 मा हुन गैइरहेको जनभेलाको साथ र समर्थन गर्दै डि.सी., भर्जिनिया, मेरिल्याण्ड तथा यस वरपरका सम्पुर्ण आदरणीय नेपालीजनहरुमा उपस्थितिलाई हामी बिनम्र आग्रह गर्दछौं।
यो आन्दोलन चिकित्सा शिक्षा क्षेत्रको मात्र नभई “कस्तो समाज निर्माण” गर्ने भन्ने आन्दोलन पनि हो। यो लडाइँ डा. केसीको मात्रको एक्लो होइन, यो ३ करोड भन्दा बढी नेपालीहरुको लडाइँ पनि हो। यो डा. के.सी प्रतिको एक्बध्यता मेरो र तपाईंको मात्र होइन, यो एक्बध्यता देश परदेशमा छरिएका सारा नेपालीहरुको पनि हो।
..
आउनुहोस् देशमा भैइरहेको अहिंसात्मक सत्यको यो लडाइँमा हामी पनि एकबध्यता जनाऔं र सबै तर्फबाट यस सत्यको लडाइँमा साथ दिऔं।।
कृपया शेयर, लाईक र कमेन्ट्समा आफ्ना केही भावना ब्यक्त गरि डा. गोबिन्द के. सी. लाई साथ र समर्थन गरौं।
No comments:
Post a Comment