अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंप तथा ताइवानकि प्रथम डेमोक्रेटिक प्रोग्रेसिव दलकी पहिलो महिला राष्ट्रपति साई इंग वन संग दूरभाष बाट डिसेम्बर २ तारिख शुक्रबार कुराकानी गरेका छन् l
ट्रंपले पदभार लिनु अगाडी नै चार दशक अगाडी देखिको कुटनैतिक अभ्यास तोडेको र जस्को कारण चीन संगको सम्बन्ध फाटो हुन् सक्ने न्युयोर्क टाइम्समा समाचार छ l
ट्रंपको कार्यालयले जनाए अनुसार ताइवानकि राष्ट्रपति वनले ट्रंपलाई बधाई दिएको बताएका छन् l ट्रंप १९७९ देखि ताइवानि नेताहरु संग कुराकानी गर्ने पहिला निर्वाचित राष्ट्रपति भएका छन् भनि न्युयोर्क टाइम्सले लेखेको छ l
ट्रंपको कार्यालय बाट प्रकाशित वक्तब्य अनुसार दुवै नेता बीच गहिरो आर्थिक ,राजनैतिक तथा सुरक्षा सम्बन्धमा दुवै नेताले ब्याख्या गरेको उल्लेख गरेको छ l डोनाल्ड ट्रंप को कार्यालयले पनि गत निर्वाचनमा बिजयी भएकी ताईवानको राष्ट्रपति साई इंग वन लाई बधाई ट्रंपले बधाई दिएको बताएको छ l
उक्त कुराकानीले चिन संगको सम्बन्धमा दरार हुन् सक्ने न्युयोर्क टाइम्सले लेख्दै अहिले सम्म चीन ले कुनै टिप्पणी नगरेको लेखेको छ l उक्त कुराकानीले चीन अपमानित हुने सम्भावना रहने शिर्षकमा न्युयोर्क टाइम्समा समाचार छ l
No comments:
Post a Comment