काठमाडौं, पुस ४ । आफ्नो करियरको तेस्रो टेस्टमै भारतका स्टाइकर करुण नायरले शानदार तेस्रो शतक बनाएर इतिहास रचेका छन् । चेन्नईको चेपक स्टेडियममा इङ्गल्याण्ड विरुद्ध जारी पाँचौं तथा अन्तिम टेष्ट क्रिकेटमा अविजित रहँदै नायरले तीन सय तीन रन बनाउँदै मेडन सतकमै तीन सय रनको आँकडा पार गर्ने कीर्तिमान बनाएका हुन् ।
बीबीसीका अनुसार नायरले पहिलो टेष्ट सतकमा दोहोरो सतक बनाएका भारतकै विनोद काम्लीले र दिलिप बैंगसरकरले बनाएको कीर्तिमान तोडेका छन् । नायरको तेस्रो शतक पूरा हुनेवित्तिकै कप्तान विराट कोहलीले ७ विकेटको क्षतिमा मा ७५९ रनको स्कोरमा इनिङ्ग समाप्तिको घोषणा गरे । यो टेस्ट चौथो दिनको हो । यो नतिजा टेस्ट क्रिकेटमा भारतको सबैभन्दा ढूलो स्कोर हो ।
No comments:
Post a Comment