Tuesday, December 20, 2016

स्थानीय तहको निर्वाचन गर्ने तयारी भइरहेको छः प्रधानमन्त्री प्रचण्ड

;'v]{tsf] jL/]Gb|gu/df cfoflht kqsf/ ;Ddn]gdf ;xefuL x'Fb} k|wfgdGqL k'iksdn bfxfn k|r08 . pxfF ^ g+ k|b]zsf sfo{qmtfnfO{ ;Djf]wg ug{ ;'v]{t cfpg' ePsf] xf] . tl:a/ M x]dGt s] ;L, hfh/sf]6 ,/f;;

, ५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाखको अन्तिम साता स्थानीय तहको निर्वाचन गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल प्रदेश नं ६ ले आज सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – “स्थानीय तहको निर्वाचनपछि मात्र संविधान पूर्णरुपमा कार्यान्वयनमा आउने भएकाले सरकार स्थानीय तहकै निर्वाचन गराउने तयारीमा लागेको छ ।”

प्रधानमन्त्री प्रचण्डले मधेसी, थारु, जनजातिलगायत पछाडि पारिएका समुदायको भावनालाई संविधानमा लिपिबद्ध गर्न आफूले व्यवस्थापिका–संसद्मा संविधान संशोधन विधेयक दर्ता गराएको स्पष्ट पार्दै नेकपा (एमाले) लाई संसद् अवरुद्ध गर्नुभन्दा संसद्मा दर्ता भएको संशोधन विधेयक फेल गराएर अघि बढ्न चुनौती दिनुभयो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले सुर्खेतका बाढीपीडितको सहयोगका लागि मन्त्रिपरिषद्बाट काम अगाडि बढिसकेको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...