Wednesday, December 21, 2016

न्यूयोर्कमा कविता संग्रहको विमोचन तथा विवेचना”

15673132_10211388198091525_1132882190_n

सो कार्यक्रममा कवि राजेन्द्र श्रेष्ठको पहिलो कविता संग्रह ‘आँकुरा’ र कवयत्री शकुन ज्ञवालीको दोश्रो नयाँ कविता संग्रह ‘तिमी र म’ को न्यूयोर्कका साहित्य सर्जकहरु द्वारा विवेचना गरिएको थियो ।

15645761_10211388198451534_824840068_n

कवयत्री शकुनको ‘तिमी र म’ गत कार्तिक १२ गते पोखरामा विमोचन गरिएको थियो भने कवि राजेन्द्र श्रेष्ठको ‘आँकुरा’ कार्तिक २५ गते काठमाण्डौमा विमोचन गरिएको थियो । कवयत्री शकुन ज्ञवालीको पहिलो कविता संग्रह ‘पालुवा र मन्जरी’ हो ।

15644358_10211388198211528_210009672_n

न्यूयोर्कका वाणिज्यदूत एवं कवि कृसु क्षेत्रीको प्रमुख आतिथ्य र अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष एवं कविता संग्रह ‘आँकुरा’ का कवि राजेन्द्र श्रेष्ठको सभापतित्वमा न्यूयोर्कको ज्याक्शन हाईट्समा सम्पन्न सो कार्यक्रममा संचारकर्मी शैलेश श्रेष्ठले विजया सिम्खडाको ‘श्याम श्वेत’ का बारेमा आफ्नो मन्तव्य राख्नु भएको थियो । यसैगरी कवि राजेन्द्र श्रेष्ठको ‘आँकुरा’ को वारेमा साहित्यकार ज्योति पौडेलले र शकुन ज्ञवालीको ‘तिमी र म’ को बारेमा साहित्यकार गीता खत्रीले विवेचना गर्नु भएको थियो ।

15682926_10211388198811543_1125554120_n

साहित्यकारद्वय मणी बांग्देल र लक्ष्मी श्रेष्ठले संयुक्त रुपमा उद्घोषण गर्नु भएको सो कार्यक्रममा न्यूयोर्क तथा वरपरका साहित्यानुरागी नेपाली समुदायको उल्लेख्य उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रम रेडियो हिमालयले प्रत्यक्ष प्रसारण गरी संसारका सबै कुनामा रहेका नेपाली समुदाय माझ पुर्याउन सहयोग गरेको थियो ।

(फोटो: बद्री पौडेल)
समाचारदाता: ज्योतिकुमार श्रेष्ठ, न्यूयोर्क ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...