Sunday, December 18, 2016

नेपाल–चीन सम्बन्ध सुमधुर, सुदृढ र समुन्नत : राष्ट्रपति भण्डारी

/fi6«klt e08f/L / l5kfcf]n]–e]6jftf{ /fi6«klt ljBfb]jL e08f/L / lrlgofF sDo'lgi6 kf6L{sf] s]Gb|Lo ;ldlt tyf k|sfzg ljefusf k|d'v / pQm kf6L{sf] /fhgLlts ;lrjfnosf ;b:o No' l5kfcf]n] æ;L lrglkmª M rLgsf] zf;g Joj:yfÆ gfds k':ts cfOtaf/ /fi6«klt sfof{no zLtnlgjf;df nf]sfk{0fkl5 e]6jftf{ ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ, ३ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दीऔँ अघि मुलुकका राष्ट्रिय निधि भृकुटी र अरनिकोले जोडेको नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्ध वर्तमान युगमा अझ सुमधुर, सुदृढ र समुन्नत भइरहेको बताउनुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको अठाराँ महाधिवेशनदेखि महासचिवका रुपमा पार्टी नेतृत्व सम्हालेका बेला सम्पादन गरेका ७९ विषयका विशेष कामको विवरण समेटिएको सङ्ग्रहणीय ग्रन्थ ‘चिनफिङ  चीनको शासन व्यवस्था’ को आज राष्ट्रपति कार्यालयमा लोकार्पण गर्दै राष्ट्रपति भण्डारीले सन् यात्सेन र माओत्से तुङलगायत नेताले चीनको विकासका साथै नेपालसँगको सम्बन्ध विस्तारमा योगदान गरेको स्मरण गर्नुभयो ।

नेपाल र चीनबीचको पारस्परिक मैत्री अतुलनीय रहेको चर्चा गर्दै राष्ट्रपति भण्डारीले भूकम्पपछिको उद्धार तथा राहतमा चीनबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्नुभयो ।

चीनले पछिल्लो समयमा हासिल गरेको आश्चर्यजनक प्रगतिको प्रशंसा गर्दै उहाँले समग्र एसियालाई अप्टिकल फाइबरको माध्यमबाट जोडेर अन्तरदेशीय सम्बन्ध र सम्पर्कलाई अझ घनीभूत तुल्याएको बताउनुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय प्रचार विभाग प्रमुख तथा राजनीतिक सचिवालयका सदस्य ल्यू छिपाओले विमोचित पुस्तक चीनको शासन व्यवस्था, सामाजिक पद्धति तथा आर्थिक विकास बुझ्न उपयोगी हुने बताउनुभयो ।

चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६१ औँ वर्षमा नेपाली भाषामा चिनियाँ राष्ट्रपतिका बारेमा पुस्तक प्रकाशन हुनु दुईपक्षीय सम्बन्धको अनुपम उपहारका रुपमा लिएको उहाँले बताउनुभयो ।

चीन र नेपाल हातमा हात र काँधमा काँध मिलाएर सहकार्य गर्ने मुलुकका रुपमा चित्रण गर्दै नेता ल्यूले भन्नुभयो “नदी र पहाडले जोडेको चीन र नेपालबीचको सम्बन्ध विश्वका लागि उदाहरण बनेको छ । ”

चीन अध्ययन केन्द्रका कार्यबाहक अध्यक्ष एवम् विमोचन समारोहका सभापति सुन्दरनाथ भट्टराईले नेपाल¬–चीन सम्बन्धका विविध आयामबारे चर्चा गर्दै केन्द्रले आपसी सम्बन्ध अभिवृद्धि गर्न विगत १७ वर्षदेखि गरेका कामबारे जानकारी दिनुभयो ।

झन्डै तीन वर्षअघि चिनियाँ भाषामा प्रकाशित उक्त पुस्तक नेपाली भाषामा यसैवर्ष अनुदित भई प्रकाशमा आएको हो । एघार भाषामा छापिएको उक्त पुस्तक संसारका एकसयभन्दा बढी मुलुकमा सार्वजनिक भइसकेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...