Tuesday, December 13, 2016

मेस्सीलाई उछिन्दै रोनाल्डोले चौथो पटक जिते बालोन डि’ओर अवार्ड

ronaldo-2

काठमाडौं, २८ मंसिर । रियल म्याड्रिडका स्ट्राइकर एवं पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले प्रतिष्ठित बालोन डि’ओर अवार्ड जितेका छन् । ३१ वर्षीय रोनाल्डोले यो अवार्ड जितेको चौथोपटक हो । उनले आफ्नो मुख्य प्रतिद्वन्द्वी बार्सिलोनाका फरवार्ड लियोनल मेसीलाई पछि पारे । यद्यपी दोस्रो स्थानमा रहेका मेसीले बालोन डि’ओर उपाधि हालसम्म पाँच पटक जितिसकेका छन् ।

 बालोन डि’ओरमा एथ्लेटिको मड्रिडका फ्रान्सेली स्ट्राइकर एन्टोनी ग्रिजम्यान तेस्रो स्थानमा रहे । रोनाल्डोले आफ्नो क्लब रियललाई च्याम्पियन्स लिगको उपाधि जिताएका थिए भने पोर्चुगललाई यूरो–२०१६ को च्याम्पियन बनाए । यूरोपमा उनले तीन गोल समेत गरेका थिए । रोनाल्डोले सन् २००८, ०१३, ०१४ र ०१६ मा अवार्ड जितेका हुन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...