Tuesday, December 13, 2016

प्रियासनको उपन्यास ‘पल्लवी’को कभरमा तरकारीवाली

pallivi-cover

काठमाडौं । पत्रकार एवं उपन्यासकार सविन प्रियासनको चौथो उपन्यास पल्लवी पुसको पहिलो साता विमोचन हुने भएको छ । दाङको घोराहीमा हुन लागि रहेको राष्ट्रिय शैक्षिक महोत्सवमा पल्लवी उपन्यासको विमोचन हुन लागि रहेको हो । काठमाडौंको विएन पुस्तक संसारले प्रकाशन गर्न लागि रहेको पल्लवी उपन्यास सामाजिक विषय बस्तुमा आधारित रहेको छ । सन्देशमुलक उपन्यास पल्लवीमा तरकारी वाली भनेर चर्चित कुसुम श्रेष्ठ र लिटल मिस दाङ–२०१६ की पपुलर ८ वर्षीया ऋृंखला बुढाथोकीको तस्विर कभरमा राखिएको छ ।

उपन्यासको मुख्य विषय बस्तु समाजमा घटि रहेका घटनाहरुलाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको प्रियासनले जानकारी दिनुभयो । मंसिर ३० गतेदेखि पुस ६ गतेसम्म दाङमा शैक्षिक महोत्सव हुन लागि रहेको र महोत्सवको अन्त्यतिर उपन्यासको विमोचन कार्यक्रम गरिने विएन पुस्तकका सञ्चालक विष्णुकुमार पौडेलले जानकारी दिनुभयो । शैक्षिक महोत्सवमा विएन पुस्तकले पनि आफूले प्रकाशन गरेका पुस्तकहरुसहितको स्टल राख्न लागि रहेको छ । राप्ती साहित्य परिषद्का केन्द्रीय महासचिव, प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष, नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार समेत रहनुभएका प्रियासनले यस अगाडि प्रकाशन गर्नु भएको पुनरागमन, भुमरी, रोदनपछिको उपन्यासले अत्यन्त चर्चा कामएका थिए । यस अलावा प्रियासनको कथासंग्रह र सम्पादकीयको संग्रह समेत बजारमा उपलव्ध छ । प्रियासनको पछिल्लो उपन्यास पल्लवी २ सय ५६ पृष्ठको छ भने यसको मुल्य ३ सय २५ रुपैयाँ राखिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...