Wednesday, December 7, 2016

हङकङमा दोस्रो भएको महिला क्रिकेटर सम्मानित

mahila-criketar

काठमाडौं, २२ मंसिर । युवा तथा खेलकुद मन्त्रालयले ग्लोबल महिला टी–टवेन्टी क्वालिफायर क्रिकेट प्रतियोगितामा दोश्रो भएको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बुधबार नगदसहित सम्मान गरेको छ । हङकङमा अक्टोबर ९ देखि १५ तारिखसम्म भएको प्रतियोगितामा दोश्रो हुन सफल १४ खेलाडी, १ प्रशिक्षक र १ फिजियोसहित १५ सदस्यीय टोलीलाई पूर्वघोषित पुरस्कार अनुसार जनही २५ हजार र सम्मान पत्र प्रदान गरी गरियो । खेलाडीहरुमा रुविना क्षेत्री (कप्तान), सीता राना मगर (उपकप्तान), नेरी थापा, निरा राजोपाध्याय, करुणा भण्डारी, सरिता मगर, इन्दु बर्मा, काजोल श्रेष्ठ, सबनम राई, रोशनी बोहरा, सरस्वती चौधरी, रश्मी शर्मा, निर्मला शाही र ज्योति पाण्डे रहेका छन् । प्रशिक्षक राजु बस्न्यात र फिजियो मनु लु पनि सम्मानित भए । सिंहदरबारमा आयोजित कार्यक्रममा खेलकुद मन्त्री दलजीत विके श्रीपाली र खेलकुद मन्त्रालयका सह–सचिव चूडामणि पौडेलले टोलीका सदस्यलाई सम्मान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रीपालीले एसिया कपलाई इंगिता गर्दै हारदा निराश हुने र जितमा माटिने परिपाटीको अन्त्य गर्नुपर्ने बताउदै हारबाट पाठ सिकेर जितका लागि सोच्नु पर्ने धारणा व्यक्त गरे । उनले खेलाडीले अभाव र अफ्ठेरोबीच खेल्नु परेकोले राम्रो नतिजा नआएको विचार व्यक्त गर्दै खेलाडीलाई कीर्तिपुरको मैदानमा मात्र सीमित नगर्ने विषयतर्फ आफ्नो ध्यानकर्षण भएको बताए ।

उनले अहिलेको एक मात्र अर्जुनदृष्टि सातौं राष्ट्रिय खेलकुद भएको बताउदै सरोकार सबैलाई यसैमा केन्द्रीत हुन पनि आग्रह गरे । सह–सचिव पौडेलले एसिया कपको कमी कमजोरीबाट पाठ सिकेरले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितालाई उत्साहजनक बनाउन खेलाडीले ध्यान दिनु पर्ने बताउदै आईसीसीले दिएको समय भित्रै काम सम्पन्न गरी नेपाली क्रिकेटलाई संस्थागत ढंगबाट अगाडि बढाउन प्रतिबद्ध रहेको बताए । कप्तान रुविनाले राम्रो नतिजा हासिल गर्न धेरै भन्दा धेरै अभ्यास खेलको खाँचो रहेको बताइन् । प्रशिक्षक बस्न्यातले महिला क्रिकेटलाई माथि उकास्न दीर्घकालीन योजना आवश्यक रहेको बताउदै अभ्यास खेलका साथै घरेलु प्रतियोगितामा पनि विशेष ध्यान दिनु पर्नेमा जोड दिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...