Wednesday, December 7, 2016

संविधान संशोधन गर्न तातै खाउ जलि मरु गर्नु ठीक हैन : माधब कुमार नेपाल ,एमाले नेता ,अमेरिका

img_2657

अमेरिकाको भ्रमणमा रहनु भएका पुर्व प्रधान मन्त्री तथा एमालेका नेता माधब कुमार नेपालले संविधान संशोधन गर्न तातै खाउ जलि मरु गर्नु ठीक हैन भन्नु भएको छ l गत दिसेम्बर ६ तारिख वहाले स्वदेश फर्कनु अगाडी अमेरिकाका संचारकर्मी सँग कुराकानी मा यस्तो बताउनु भएको हो l

नेपालले नब्बे प्रतिसत बाट प्राप्त संविधानन लाई हतास मा पारित गर्न खोज्नु राम्रो नियत नभएको बताउनु भयो । नब्बे प्रतिसत बाट हस्ताक्षर प्राप्त लामो समय प्रतिक्षा गरेर पाएको संविधानन लाई पारित गर्न मात्र केन्द्रीत गर्न भन्दा अन्य क्षेत्रमा लाग्न अमेरिका बाट सुझाब सल्लाह सरकार तथा प्रधान मन्त्री प्रचन्ड लाई सन्देश दिनु भएको छ l

वहाँले बुटवल तथा अन्य शहर मा भएको बिरोध आदीको प्रसङ उठाउँदै प्रधान मन्त्री ले जनताको भावना बुझ्नु पर्ने बताउउनु भयो l वहाँ ले कस्लाई खुशी बनाउन अहिले यो गरेको हो हामीले बुझ्न सकेनौ भन्नु भयो । नेपालले प्रचन्डले जनता लाई खुशी पार्न सक्नु भएको छैन भन्ने आरोप समेत लगाउनु भयो l

संकट बाट देश लाई बचाउन अहिले तुरुन्त संविधान संशोधन फिर्ता गर्न अमेरिकाबाट नै सन्देश दिनु भएको छ l बिदेसमा रहेका नेपालीहरु देशको आर्थीक उन्नती र उन्नत नेपाल कसरी हुन्छ भन्ने आफुले बुझेको भन्दै अब आर्थिक उन्नती तर्फ लाग्नु बताउनु भयो l

प्रचण्डले गर्न के खोज्नु भएको हो बुझ्न गार्हो भो भन्नु भयो l बरु वहाँ ले संविधान कार्यन्वयनमा ध्यान दिनु पर्ने बताउनु भयो l आफु एक बिसेश कार्यक्रममा अमेरिका आएको जानकारी गराउदै आफुले थुप्रै देशका मन्री ,सभा मुख तथा अन्य सँग भेट भएको बताउनु भयो l

वहाले १० प्रतिसत लाई खुशी पार्न ४० प्रतिसत हामीलाई छोड्नु भएको आरोप प्रचन्डलाई लगाउनु भयो l नेपालले आफु अमेरिकामा गत नोबेबर २८ देखी दिस्मेबर १ तारिख सम्म भएको अंतरराष्ट्रीय नेतृत्व सम्मेलनमा सहभगिता हुन आएको बताउनु भयो l

उक्त सम्मेलन मा ५६ देश का पुर्व प्रधान मन्त्री , सभामुख , काग्रेस ,मन्त्री आदी समेतको सहभागिता रहेको बताउनु भयो । आफुले अमेरिकाका समेत थुर्पै नेता तथा निर्वाचित त्रम्पका केहि टोली सँग पनि भेटघाट भएको जानकारी दिनु भयो l

उक्त सम्मेलनमा मौसम परिवर्तन ,आतंकबाद सुशासन तथा सद्भाव समबन्ध बारेमा छलफल भएको बताउनु भयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...