Thursday, December 29, 2016

युवा सङ्घ नेपालका केन्द्रीय सदस्यमाथि खुकुरी प्रहार

कोहलपुर (बाँके), १५ पुस । युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि गएराति खुकुरी प्रहार भएको छ ।

बाँकेको कोहलपुर नगरपालिका–१० विद्युत् रोडनजिकै अज्ञात समूहको खुकुरी प्रहारबाट बुढाथोकी सख्त घाइते भएको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ ।

घाइते युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीको मेडिकल कलेज कोहलपुरमा सामान्य उपचारपश्चात् थप उपचारका लागि लखनउ लगिएकोे छ ।

खुकुरी प्रहार गर्ने समूहको खोजी कार्य र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...