Thursday, December 29, 2016

चार वर्षदेखि गोदाममै चामल

Chamal-Riceनेपालगन्ज, १५ पुस । जापान सरकारले अनुदानमा दिएको चामल चार वर्षदेखि नेपालगन्जस्थित नेपाल खाद्य संस्थान अञ्चल कार्यालयको गोदाममा थन्किएर बसेको छ ।

कार्यालय प्रमुख मोतिराज ज्ञवालीका अनुसार चार वर्षअघि जापानी अनुदानबाट प्राप्त १० हजार ६ सय ६० बोरा चामल गोदाममा थन्किएको हो । उहाँले भन्नुभयो – “प्रत्येक बोरामा ३० किलो चामल रहेको छ । केन्द्रबाट यो चामल के गर्ने भन्ने विषयमा निर्णय नगरिँदा गोदाममा रहेको चामल प्रयोग गर्न सकिएको छैन ।”

नेपालगन्जमा संस्थानले धान खरिद गरिरहेको छ । किसानबाट किनेको धान राख्ने ठाउँ छैन । तर संस्थानको गोदाममा प्रयोग गर्न नमिल्ने ठूलो परिमाणको चामल भण्डारण गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...