Monday, December 19, 2016

​एनआरएनए नाइजेरियाले जनकपुरधाममा निर्माण हुन लागेको मन्दिरलाई गर्‍यो सहयोग |

img_7421
लेगोस , नाइजेरिया ,गैर आबासिय नेपाली संघ ( एनआरएनए ) को नाइजेरिया राष्ट्रिय समन्वय समितीले नेपाली प्रजापती कुम्भकर संघ, केन्द्रिय समितीले जनकपुरधाममा निर्माण गर्न लागेको कुम्भर ( पण्डित )जातिको मन्दिर निर्माण गर्न लगभग असी हजार ( युएस डलर ७५० ) सह्योग गर्ने भएको छ |
img_7420
संघका नाइजेरिया सचिब रोशन थापाका अनुसार उक्त रकम गत तिहारमा संघका सदस्यहरुले लेगोसमा देउसी भैलो आयोजना गरी सन्कलन गरेका  थिए |संघका आईसिसी सदस्य चिरन्जिबी रोकाले तराइका पिछडिएका मध्य एक कुम्भर प्रजापती जातिको यो समुदायिक कार्यमा सहभागी हुन पाउदा खुशी लागेको बताउनु भयो |
त्यसैगरी संघका अन्तरराष्ट्रिय समितीका  कोषाध्यक्ष हिक्मत थापाले एनसिसी नाइजेरियाले आफ्ना सहयोगहरु  देशका बिबिध क्षेत्र र समुदायमा गरेकोमा खुशी ब्यक्त गर्नु भयो |
img_7422

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts