दाङ, १ पुस । शिक्षामन्त्री धनिराम पौडेलले अहिलको अवस्थामा संविधान कार्यान्वयनको एक मात्र विकल्प स्थानीय, प्रदेश र संसद्को निर्वाचन भएको बताउनुभएको छ ।
प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो — ‘संविधान कार्यान्वयनको सवालमा कुनै पनि दल निर्वाचनबाट भाग्न हुँदैन ।’
मन्त्री पौडेलले सरकार निर्वाचनको तयारीमा जुटेको बताउँदै यसका लागि कानुन, ऐननियम बनाउने काम तिव्र रुपमा भइरहेको छ भन्नुभयो ।
केही दलले पुरानै संरचनाका आधारमा निर्वाचनमा जान सक्ने भनिए पनि मुलुक सङ्घीयतामा गइसकेकाले सङ्घीयताका आधारमा निर्वाचनमा जाँदा राम्रो हुने उहाँले बताउनुभयो ।
मन्त्री पौडेलले शिक्षामा देखिएका विकृतिलाई राष्ट्रिय शिक्षा आयोगबाट समाधान गर्नुपर्नेमा जोड दिदैं शिक्षा नै हरेक क्षेत्रको विकासका आधार भएकाले यसको विकासले मात्र सामाजिक उत्तरदायित्व पूरा गर्न सकिने बताउनुभयो ।
No comments:
Post a Comment