Tuesday, December 6, 2016

न्युयोर्क, मंसिर २१ । युनाइटेड किरात राइ अर्गनाइजेसन अफ अमेरिकाको हालै बसेको अाकस्मिक बैठकले विश्वकाे सहाशिक १० ब्यक्तित्वहरुको नोमिनेशनमा पर्नु भएकी ट्रेल रनर् नेपाल चेली मिरा राइलाई भोट्को माध्यमबाट जिताउनको लागि आर्थिक सहयोग लगाएत बिभिन्न कार्यहरु गर्ने निर्णय गरेको छ ।
नेपाली चेली मिरा राइलाई नेपालमा भोटिङ गर्न बिभिन्न शहर,क्याम्पस,स्कुल लगएतका स्थान हरुमा प्रचार प्रसार गर्न आर्थिक सहयोग गर्ने,एन आर एन सँग विश्वा ब्यापी रुपमा भोटिङ गर्नको लागि आग्रह गर्ने भएको छ । अमेरिका लगएत विश्वाका नेपाली हरुको बिभिन्न सङ्सन्था हरु लाई सहयोगको अपिल गर्ने,न्युयोर्कमा पत्रकार सम्मेलन गर्ने तथा त्याहा रहनु हुने नेपालीहरु बिच अन्तर्कृया गर्ने निर्णय गरेकोछ।
यसै बिच अर्गनाइजेशनका केन्द्रिय सभाप्ती बिष्णु राइले सम्पूर्ण नेपाली हरुलाई नेपाली चेली मिरा राइ राष्ट्रको गौरब भएकोले भोट् गर्न आव्हान गर्नु भएको छ उहाले संसारका जुन जुन देशमा नेपाली चेली मिरा राइ सह्भागी हुनु भयो,त्यहा नेपालको झन्डा फहराएर नेपालको शिर उच्चा बनाएको कुरा बताउनु भयो/उहाले अर्को प्रसँगमा प्रशान्त तमाङ,अनुराधा कोइराला पुस्पा बस्नेत,तेरिया मगर जस्तालाई जिताउने नेपालीहरु माझ् अर्को अवसर आएको र यसलाई सफल बनाउन सम्पूर्ण पक्ष हरुमा अपिल गर्नु भएको छ ।
उहाले नेशनल जोग्राफी डट कम मा गएर मिरा राई ट्रेल रनर सर्च गर्न र् जब भोटिंग बक्स खुल्छ,त्यसमा भोट गरि दिनु अनुरोध गर्नु भएकोछ/उहाका अनुसार अहिले सम्मको भोटिंगमा पोल्यान्ड निवासी केभ डाइभर सँग मिरा राइको अत्यन्त कडा प्रतिस्पर्धा भैइ रहेको र् यस्तो अवस्थामा  नेपाली जनता लगाएत सम्पूर्ण बिस्वका जनताहरु बाट सहयोगको अपेक्षा गरिएको कुरा ब्यक्त गर्नु भएको छ ।
यसै गरी शाहसिक ब्यक्ती नेपाली चेली मिरा राइले एक लाइभ अन्तर्वातामा – नेपाललाइ बीर गोर्खाको देश,बुद्दको देश,सगर्माथाको देश,पशुपति नाथको देश र हिमाल पहाड तराइको देश भनेर माया गर्नु हुने तपाइँ हरुले म नेपालको छोरीको बिजयको लागि हातमा हात साथमा साथ गरी भोटिंग गरि दिनु हुन आग्रह गर्दछु भन्नु हुँदै नेपाललाइ बिस्वमा चिनाउने एक अवसर दिनुस/ म नेपाल र नेपालीको शीर सधै सधै उचो राख्ने काम गर्नेछु भन्नु भएकोछ ।
अहिलेसम्म ट्रेल रनिङ्गमा नेपालमै पहिलो स्थान हात पारेर बिजयको अभियान शुरु गरेकी नेपाली चेली मिरा राइले क्रमश हंगकंग, फ्रान्स, स्पेन, इटाली, अस्ट्रेलिया लगाएतका मुलुक हरुमा कतै पहिलो, कतै दोस्रो स्थान जितेर नेपालको झण्डा बिस्व सामु फहराउनु भएको थियो । ट्रेल रनिङ् मा विश्वको धावकहरुमा नेपाली चेली मिरा राइ दोश्रो स्थानमा रहनु भएको छ ।  यिनै साहसिक कार्यको लागि नेशनल जोग्राफीले संसारको साहषिक व्यक्ति हरु मध्ये १० जनाको छनौटमा नेपाली चेली मिरा राइलाई नोमिनेशन गरेको छ । यसमा बिस्व भरिको जनताबाट गरिएको भोटिंगबाट जसले धेरै भोट पाउछ, उसैले यो संसारकै साहसिक व्यक्तिको अवार्ड-२०१७ पाउनेछ । जम्मा ४४ दिनको भोटिंग हुन्छ र यो डिसेम्बर १६ सम्म निरन्तर जारि रहन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...