Tuesday, December 6, 2016

हाँस र कुखुराको चल्ला नष्ट

chickenलहान, २१ मङ्सिर । भारतीय बजारबाट अवैध रुपमा नेपाल भित्रियाउन लागेका करिब ४५ हजार मूल्य बराबरको हाँस र कुखुराको चल्ला आज प्रहरीले पक्राउ गरी नष्ट गरेका छन् ।

प्राप्त सूचनाका आधारमा वडा प्रहरी कार्यालय सिरहाबाट खटिएका प्रहरी टोलीले साइकलमा राखेर चोर बाटो हुँदै चल्ला व्यापारीले अवैध रुपमा नेपाल भित्रियाउन लागेका अवस्थामा जिल्लाको बसविट्टाबाट सो परिमाणको हाँस र कुखुराको चल्ला पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा दुई सय हाँस र चार सय कुखुराका चल्ला रहेको प्रहरीले जनाएको छ ।

प्रहरीलाई देख्ने बित्तिकै चल्ला व्यापारीले चल्लासहितको साइकल छोडेर भागेका थिए । पक्राउ परेका हाँस र कुखुराको चल्लालाई जिल्ला पशु सेवा कार्यालय सिरहाको हातामा खाल्डो खनी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...