Friday, December 23, 2016

संशोधन प्रस्ताव तत्काल फिर्ता नभए एमालेले आन्दोलन अझै चर्काउनेः सचिव विष्ट

gokarna-bistaदमौली, ९ पुस । नेकपा (एमाले)का सचिव गोकर्णराज विष्टले संविधान कार्यान्वयन गर्ने बेला सरकारले संशोधन विधेयक दर्ता गरेर मुलुकलाई थप सङ्कटतर्फ धकेल्न खोजेको आरोप लगाउनुभएको छ । तनहुँका अगुवा कार्यकर्तालाई शुक्रबार यहाँ प्रशिक्षण दिँदै नेता विष्टले संविधान सशोधन प्रस्ताव तत्काल फिर्ता नभए एमालेले आन्दोलन अझै चर्काउने चेतावनी दिनुभयो ।

प्रशिक्षणमा सहभागी एमाले कार्यकर्ताले चुनावको घोषणा गरी मुलुकलाई समाधान दिन सरकार लाग्नुपर्ने बताउनुभएको थियो ।

प्रशिक्षणमा तनहुँ क्षेत्र नं २ का जिल्ला कमिटी सदस्य, क्षेत्रीय कमिटीका पदाधिकारी तथा सदस्य, नगर गाउँ तथा वडा कमिटीका पदाधिकारी गरी करिब दुई सयको सहभागिता थियो । एमाले क्षेत्र नं २ तनहुँले आयोजना गरेको ‘संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान’अन्तर्गत प्रशिक्षण कार्यक्रम गरिएको एमाले तनहुँले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...