Friday, December 23, 2016

नेपाली सेनाका हरि रिमालले जिते सातौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण

hari-rimal९ पुस, इटहरी । सातौं राष्ट्रिय खेलकुलअन्तर्गत एथलेटिक्स खेलमा नेपाली सेनाका धावक हरीकुमार रिमालले पहिलो स्वर्ण पदक हात पारेका छन् । यो सातौं राष्ट्रिय खेलकुदकै पहिलो स्वर्ण हो ।

इटहरीको ट्रयाक एण्ड फिल्डमा शनिबार बिहान सम्पन्न पुरुषतर्फको दौडमा रिमालले १५ सय मिटरको दुरी ४ मिनेट ४ सेकेण्डमा पार गरेर उपाधि हात पारेका हुन् ।

खेलमा नेपाली सेनाकै अर्का धावक छत्रबहादुर दाहालले सेनालाई रजत पदक दिलाएका छन् ।
त्यस्तै नेपाल पुलिसका तर्फबाट करण खड्काले कास्य पदक हात पारेका छन् ।

दौडमा १३ धावक सहभागी थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...