Tuesday, December 6, 2016

संशोधन प्रस्ताव विरुद्धको आन्दोलनलाई सशक्त बनाउने

काठमाडौ २१ मङ्सिर । विपक्षी दल निकटका युवा तथा विद्यार्थी सङ्गठनले संविधान संशोधन प्रस्तावको विरुद्ध आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेका छन् ।

आज नयाँ बानेश्वरस्थित युवा सङ्घ नेपालको कार्यालयमा बसेको बैठकले आन्दोलनलाई सशक्त बनाउन थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले जानकारी गराउनुभयो ।

उहाँले संशोधन प्रस्ताव नेपाली जनताको चाहना विपरीत ल्याइएकाले सरकारविरुद्ध आन्दोलन गर्न थालिएको बताउनुभयो । उहाँका अनुसार बुधबार बिहान बालुवाटारमा प्रदर्शन र बिहीबार दिउँसो नयाँ बानेश्वरमा राष्ट्रियताको पक्षमा सडक कवितावाचन कार्यक्रम तय गरेका छन् ।

बैठकमा युवा सङ्घका उपाध्यक्ष रमेश पौडेल, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष निरज लबजु, अखिल नेपाल युवक सङ्घका अध्यक्ष तिलक थापा, प्रगतिशील युवा सङ्घका अध्यक्ष लोकेन्द्र शाही लगायत सहभागिता रहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...