Wednesday, December 28, 2016

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रविधि प्रदर्शनी वैशाखमा हुने

काठमाडौँ, १३ पुस । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले आगामी वैशाख ७ देखि ११ गतेसम्म १३औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रविधि प्रदर्शनी हुने भएको छ ।

महासङ्घले यहाँ आज पत्रकार सम्मेलन गरी नेपालका थुप्रै युवा वैज्ञानिक र अनुसन्धानकर्ताले गरेको अनुसन्धानलाई प्रोत्साहन गर्नका लागि भृकुटीमण्डपमा मेला आयोजना गरिएको जनाएको छ ।

महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले देशको अर्थतन्त्रलाई अगाडि लैजान साथै नयाँ प्रविधिको विकास गर्न प्रविधि प्रदर्शनी गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मेलाले वर्तमान मुलुकको औद्योगिक अवस्था कस्तो छ भन्नेबारे जानकारी दिन मद्दत पुग्छ ।”

महासङ्घले पहिलादेखि नै राष्ट्रिय औद्योगिक प्रदर्शनी गर्दै आए तापनि पहिलोपटक अन्तर्राष्ट्रियस्तरको प्रदर्शन गर्न लागेको गिरीले बताउनुभयो । उक्त मेलामा चीन, भारत, बङ्गलादेश, पाकिस्तान लगायतका मुलुकमा विकास गरिएका प्रविधिलाई समावेश गराइने महासङ्घले जनाएको छ ।

मेलामा विभिन्न देश र नेपालका गरी ३०० व्यापारिक कक्ष राखिने महासङ्घले बताएको छ । पाँच दिनसम्म चल्ने मेलामा स्वदेश तथा विदेशका एक लाखभन्दा बढीले अवलोकन गर्ने महासङ्घले अपेक्षा गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...