Wednesday, December 28, 2016

चिसापेक नेपाली ग्रुप्, स्प्रीङ्ग्फिल्ड्, भर्जिनियाको अनुरोध

नमस्कार,

 

एननडेल भर्जिनियाको “चिसपेक नेपाली ग्रुप” यहाँहरु सबैलाई स्प्रीङ्गफिल्ड्, भर्जिनियाको रिचारड बर्ड लाईब्रेरीमा अमेरिकाका नेपाली खेलाडी उज्ज्वल ठकुरीलाई सम्मानका लागी आमंत्रण गर्दछौ । कृपया उपस्थित भइ कार्यक्रमको शोभा बढ़ाई दिन हुन हार्दीक अनुरोध गर्दछौ । साथै अङ्रेजी नयाँ-बर्ष २०१७ को शुभकामना आदान प्रदान गरौ ।

 

उज्ज्वल ठकुरीका महत्वपुर्ण अनुभबहरु द्वारा युवा तथा बाल-बालिकालाई प्रोत्साहित बनाउन उनिहरुलाई पनि यस कार्यक्रममा अवस्य उपस्थित गराउनु होला ।

 

आगामी जनवरी १४ तारीखमा अमेरिकाको फिलाडेल्फियामा “अमेरिका गट ट्यालेन्टको १२ औ सत्रको लागि उज्ज्वल ठकुरी आमंत्रित भएका छन l त्यों प्रस्तुति “क़्यू एक्ट” पद्धतिमा राखिएको छ l उक्त प्रदर्शनमा छनौट भएको खण्डमा उज्ज्वल “अमेरिका गट ट्यालेन्ट”को प्रत्यक्ष प्रसारणमा भाग लिने छन l

 

“अमेरिका गट ट्यालेन्ट”मा नेपाली मूलका ब्यक्तिलाई चिनाउन र बिजयी बनाउनका सम्पुर्ण नेपालीहरुको हौसला र साथको आवश्यकता भएको हुनाले भर्जिनियाबासी नेपालीहरुकोलागी यो कार्यक्रम गरिएको हो l

 

उज्ज्वल “गिनिज बुक अफ वर्ल्ड रेकर्ड”को रेकर्ड होल्डर उमेद्बार पनि हुन । गिनिज वर्ल्ड रेकर्डका लागि १०० पाउन्ड दातले दुबै खुटा फाङ गरेर उठाएको र दात र सरीरले १४० पौन्ड ४८ सेकेन्ड सम्म उठाएको भिडियो पठाइ सकिएको छ ।

 

उज्ज्वलले हाल सम्म १३ स्वर्ण ,४ रजत तथा ४ काश्य पदकहरु अमेरिकाको बिभिन्न राज्यबाट जिती सकेका छन । उनी प्रतेक खेलमा आफ्नो जीतका पदक लिदा नेपाली झन्डा उठाएर नेपाली शान बढ़ाउने काम गर्दछन ।

 

धन्यबाद ।

 

चिसापेक नेपाली ग्रुप्, स्प्रीङ्ग्फिल्ड्, भर्जिनिया
फोन : ७०३ २९७ ६८६७

कार्यक्रम स्थान र समय:

७२५० कमर्श स्ट्रीट्, स्प्रीङेफिल्ड्, भर्जिनिया २२१५०
सनिबार, डिसेम्बर ३१, २०१६ ।
दिउसो ३:४५ देखि ६:०० बजे सम्म

 

Venue and Time:

 

Richard Byrd Library

7250 Commerce St,

Springfield, VA 22150
Saturday, December 31, 2016
From 3:45 PM to 6:00 PM

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...