डिसी महानगर क्षेत्रमा रहेका नेपाली समुदायले डा. गोविन्द केसीको प्राण रक्षा र उन्का जायज मागहरु प्रति ऐक्यबद्धता जनाउदै अमेरिकाको भर्जिनियाको मनासस शहरमा एकत्रित भै बुलन्द आवाज निकालेका छन् l
स्व स्फ्रुत रुपमा डा केसीलाई समर्थन जनाउन भेला भएका नेपाली समुदायले सरकार ,राजनैतिक दल तथा सबैलाई ध्यानाकर्षण गराउदै छिटो समस्याको अविलम्ब समाधान गर्न आग्रह गरेको छ l
चिकित्सक केसीको शान्तिपुर्ण एवं अहिंसात्मक अभियान सत्याग्रहको पक्षमा उभिदै वक्ताहरुले सरकारको रवैया ,चिकित्सा तथा शिक्षा क्षेत्रमा भएको माफिया तन्त्र बिषयमा कडा शब्द र बिरोधका चर्का नारा लगाउदै खबरदारी समेत गरेका छन् l
डा केसी जस्तालाई देशले गुमाउनु न परोस भनि विचार राख्नुका साथै केसी जस्ता व्यक्ति हजार पटक जन्मनु पर्छ अनि मात्र स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा भएको माफियाको उन्मुलन हुने अभिव्यक्ति दिएका थिए l
कार्यक्रममा नेपाल बाट अमेरिकाको भ्रमणमा आएका एक प्राध्यापकले नेपालमा शिक्षा क्षेत्रमा चाकडी नगरे आफु अगाडी नबढ्ने ,त्रिबि ध्वस्त हुने स्थितिमा रहेको, बेतिथी तथा दर्दनाक स्थिति बाट गुज्रिएको यिनै माफिया तन्त्रले गर्दा भएकोले त्रिभुवन विश्व बिद्यालयलाई सबैले बचाउनु पर्ने आग्रह गरे l
मन्तब्य कै क्रममा सरकार अहिले कानमा तेल हालेर बसेको ,राजनैतिक दल मौन रहेको ,नागरिक समाज तथा मानव अधिकारबादी समेत चुप लागेको भन्दै आक्रोश व्यक्त गरेका थिए l कार्यक्रममा डा केसीको समर्थनमा डा केसीलाई बचाऔ ,भ्रस्ट माफिया मुर्दाबाद ,डा केसी जिन्दाबाद , म डा केसीको साथमा छु जस्ता लेखिएका सामग्रीहरु लिएर सहभागीहरु उपस्थित भएका थिए l
कार्यक्रम आयोजना डिसी महानगर क्षेत्रमा विभिन्न संघ तथा संस्थाको पहलमा भएको थियो l कार्यक्रममा दधिराम ढुंगाना ,मुक्तिनाथ पन्त ,परशुराम भण्डारी ,मेदनी अधिकारी ,कृष्ण भण्डारी ,पदम राज रेग्मी तथा अन्यले डा केसीको समर्थनमा बोलेका थिए l यस भेकका बुद्धिजीवी ,लब्ध प्रतिष्ठित व्यक्तिहरुमा प्राध्यापक डा गोपी उप्रेती लगायतको सहभागिता रहेको थियो l
डा. गोबिन्द के.सी को अमुल्य जिबनको रक्षा तथा तीन करोड नेपालीहरुको सु-स्वास्थ र स्वास्थ शिक्षामा सबैको सहज पहुँचका लागि गरिएको जायज मागहरुलाई पुर्ण समर्थन गर्न डिसीमहानगर क्षेत्रका नेपाली समुदाय भेला भएका थिए l यो लडाइँ डा. केसीको मात्रको एक्लो होइन। यो ऐक्यबद्धता देश परदेशमा छरिएका सारा नेपालीहरुको पनि हो भन्दै भेला भएका थिए l
No comments:
Post a Comment