Friday, December 16, 2016

“कसरी प्यारो भो त नेपाल !”

चाहान्नौं बस्न स्वदेशमा, खोज्छौं नेपाल भूगोलमा

पछाडि परेको सम्बन्धमा, गर्दैनौं चिन्तन मनमा 

नगर्छौँ हामी सवाल-जबाफ, नगर्छौं यहाँ मिहनेत

अनि कसरी प्यारो भो त नेपाल !

अध्यन भन्छौं भ्रमण भन्छौं, प्यापार भन्छौं रोजगार भन्छौं

जसरी हुन्छ नेपालको सीमाना, काटेर जान दाम्लो चुडाल्छौँ

सरणार्थी-पत्र आफ्नो बनाउछौं, नागरिकता नै फालेर

अनि कसरी प्यारो भो त नेपाल !

नेपालको नाता तुच्छ हो ठान्छौं, बुढै होस् तर विदेशी छान्छौं

काँडा बिजाउछौं ठेला उठाउछौं, विदेशमा नै पसीना भिजाउछौं

नेपालमा प्रतिफल खोज्छौं, बिदेशमा बिउ रोपेर

अनि कसरी प्यारो भो त नेपाल !

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...