Saturday, December 17, 2016

नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा प्रकाश अधिकारी

काठमाडाँ, २ पुस । नेपाल जेसिजको ४३ औँ राष्ट्रिय महाधिवेशनले प्रकाशप्रसाद अधिकारीलाई राष्ट्रिय अध्यक्षमा निर्र्वािचत गरेको छ ।
राजधानीको धापासी जेसिजमा सम्पन्न नेपाल जेसिजको ४३ औँ राष्ट्रिय महाधिवेशनले दमक जेसिजका पूर्वअध्यक्ष अधिकारीले ६५७ मत ल्याई राष्ट्रिय अध्यक्षमा निर्र्वािचत हुनुभएको हो ।

महाधिवेशनमा मुलुकभरीका एक सय ३८ जेसिज शाखाको सहभागी रहेको थियो । महाधिवेशनले कार्यकारिणी उपाध्यक्षमा क्रमशः कैलाश खाकी, विनोद सुवेदी, श्रीधर बस्याल र सुुशीलकुमार श्रेष्ठ निर्वाचित गरेको छ ।

त्यस्तै उपाध्यक्षमा अतुल प्रसाई, शोभा खरेल, राजु पौडेल, हेमराज खनाल, भीम गिरी, विकास मानन्धर, विकाश महर्जन, सङ्गिता खड्का, सुुशीला शाही, सन्तोष रौनियार, रामशरण सिलवाल र मञ्जरी घिमिरे विजयी भएको नेपाल जेसिसले जनाएको छ ।

नवनिर्वाचित पदाधिकारीले शपथ लिएपछि आजै महासचिवमा भरत प्रसाई, कानुनी सल्लाहकारमा राजाबाबु शाह र कोषाध्यक्षमा आनन्द अधिकारीलाई मनोनित गरी सभाबाट अनुमोदन गराएको नेपाल जेसिसले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...