Saturday, December 17, 2016

घरेलु मैदानमा नेपालले मलेसियालाई हरायो, सावित्राको गोल निर्णायक

काठमाडौं, २ पुस । नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली विजयी भएको छ । नेपाल र मलेसियाको महिला टिमबीच शनिबार एन्फा कम्लेक्स सातदोबाटोमा भएको मैत्रीपूर्ण खेलमा नेपालले १–० गोल अन्तरले जितेको हो । नेपालको जितका लागि सावित्रा भण्डारीले २७ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

भारतको सिलिगुढीमा पुस ११ गतेदेखि हुने महिला साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले मलेसियाको महिला फुटबल टोलीसँग अभ्यास खेल खेलेको हो । साफ च्याम्पियनसिपमा सार्कका सात देशको सहभागिता छ । प्रतियोगितामा पाकिस्तानले सहभागिता जनाएको छैन । नेपाल रहेको समूह ‘ए’ मा श्रीलंका, माल्दिभ्स र भुटान छन् । यस्तै समूह ‘बी’ मा आयोजक भारतसँगै बंगलादेश र अफगानिस्तान छन् । प्रतियोगिता पुस २० गते सकिने छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...