Saturday, December 17, 2016

फ्लोरिडामा फेरी अर्को कार दुर्घटना , २० बर्षीय संगम सुबेदीको मृत्यु अन्य गंभीर घाइते (दुखद समाचार )

fotoflexer_photo

अमेरिकाको फ्लोरिडा राज्यमा भएको एक कार दुर्घटनामा परि २० बर्षीय संगम सुबेदीको मृत्यु भएको फ्लोरिडा राजमार्ग गस्ती प्रहरीले जनाएको छ l फ्लोरिडा राजमार्ग गस्ती प्रहरीका अनुसार गत बिहीबार दिसम्बर १५ तारीख फ्लोरिडाको राज्य अन्तर्गत राजमार्ग २० तथा ७९ मा भएको सवारी साधन दुर्घटना पनि अलाबामा ट्रोयका किशोर ,संगम सुबेदी ले ज्यान गुमाएका छन l

प्रहरीको प्रतिबेदन अनुसार बिद्यार्थी स्व सुबेदी राजमार्ग ७९ को दक्षिण तर्फ यात्रा गर्ने क्रममा ४ बजेर ७ मिनट मा सडकमा रातो बत्ती बलेको समयमा रोक्न नसक्नुको कारण ज्यान गएको हो l

स्व सुबेदी ले राज्य राजमार्ग २० तथा ७९ को बिन्दु (इन्टर सेक्सन )मा रोक्न असमर्थ हुँदा अगाडि रहेको २०१० को इन्टर नेसनल बक्स नामक माल बाहक गाड़ी राजमार्ग २० को पश्चिम तर्फ गई रहेको लाई ठक्कर दिएका थिए l माल बाहक गाड़ी चालक पेंसाकोलाका २९ बर्षीय चालक डोमिनिक ए टास क्यारेला रहेको प्रहरीले जनाएको छ l

florida

उनको गाड़ीले पनि २०१३ को अर्को लामो मालबाहक गाड़ीलाई ठक्कर दिएको थियो l मृतक सुबेदी बाहेक उक्त सवारी साधनमा अलाबामा ट्रोयका २० बर्षीय छात्रा श्रद्धा सी ठाकुरी तथा १९ बर्षीय असलीशा पंडित यात्री रहेका बुझिएको छ l उनीहरु गंभीर घाईते भएकोले फ्लोरोडाको पानामा शहरको बे चिकित्सा केंद्रमा अर्को अस्पताल बाट भर्ती गराईएको छ l

अर्की तेश्री नाम खुल्न नआएकोले १८ बर्षीय महिला को मृत्यु भएको र आफन्त बाट सनाखत हुन बाकि रहेको प्रहरीले जनाएको छ l सबै यात्रीले सुरक्षा पेटी लगाएको र मादक पदार्थ दुर्घटनाको कारण नभएको बिश्वास गरिएको छ l उनीहरुलाई कुनै आरोपको दाखिला अझ नगरिएको बुझिएको छ भने अनुसन्धान जारी रहेको चिप्लेपेपर डट कममा लेखेको छ l

फ्लोरिडा प्रहरी तथा स्थानीय चिप्लेपेपर डटकम अनुसार उक्त गाड़ीमा सवारी हुने यात्रीहरु बाहेक कनेक्टिकट राज्यमा बसोबास गर्ने पौडेल परिवारका नजिकका नातेदार अभीज्ञन्या घिमिरे समेत बे मेडिकल सेंटरमा उपचार भई रहेको छ l उपचार भई रहेकी घिमिरे दिसम्बर १६ तारीख कनेक्टिकट पौडेल परिवारको घरमा पुग्ने भएकोले प्रतीक्षारत रहेको जानकारी कनेक्टिकट निवासी नारायण पौडेलले दिएका छन l

डीसी बाट संचालित इनेपलिजका प्रतिनिधिले फ्लोरिडा पनामा शहर स्थित उक्त बे मेडिकल सेंटरमा दिसम्बर १६ तारीख  राति १० बजे संपर्क गर्दा अभीज्ञन्या घिमिरेको उपचार भई रहेको उक्त अस्पतालले बताएको छ l

अन्य जानकारीको लागि बिदेशी समाचारका कड़ी (लिंक )तथा श्रब्य दृश्य( भिडियो) सहित हेर्न यहा थिच्नु होस :

http://ift.tt/2gVPHwG

http://ift.tt/2hZypMW

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...