Saturday, December 10, 2016

सेनाका युनिटलाई प्रधानसेनापतिको निर्देशन- नेपाली जनताको मौलिक हकअधिकार रक्षा गर

hqdefault

काठमाडौं, २४ मंसिर । प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली जनताको मौलिक हक र अधिकार रक्षा गर्न सेनाका सम्पूर्ण युनिटहरुलाई निर्देशन दिएका छन् । शनिबार (भोलि) मनाइने ‘६८ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस’ को पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै क्षत्रीले नेपालीहरुको मौलिक हक र अधिकारको पूर्ण रुपमा सम्मान गर्दै उच्च पेशागत दक्षताको साथ कर्तव्य पालनामा अडिग रहन सकलदर्जालाई निर्देशन दिएका हुन् ।

नेपालको संविधान २०७२ बमोजिम विश्वव्यापी रुपमा स्वीकृत आधारभूत मानव अधिकारको रक्षा गर्ने दायित्व राज्यको हुने हुँदा राज्यको अभिन्न सुरक्षा अंगको रुपमा नेपाली सेना रहेको छ’ शुभकामना सन्देशमा क्षत्रीले भनेका छन्- ‘तसर्थ सेनाका सकलदर्जाले समस्त नेपालीहरुको मौलिक हक र अधिकारको पूर्ण रुपमा सम्मान गर्दै उच्च पेशागत दक्षताको साथ कर्तव्य पालनामा अडिग रहनुपर्छ ।’ सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रधानसेनापति क्षत्रीले शुभकामना सन्देशमा मानव अधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गरी जनता तथा राष्ट्रको लागि कर्तव्य निर्वाह गर्दै आउनु भएका सकलदर्जालाई धन्यवाद दिँदै ‘६८ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस’ को अवसरमा सकल सैनिक व्यक्तिहरुलाई शुभकामना समेत दिएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...