Saturday, December 10, 2016

डिसीमा सानको पहलमा ओबामा स्वास्थ्य बिमा कार्यक्रम संपन्न

dsc05560अमेरिकामा नेपाली मूलका स्वास्थ्य महिला परिचारिका द्वारा स्थापना गरिएको सोसाईटी अफ अमेरिकन नेप्लिज नर्सेस (सान )को पहलमा दिसम्बर १० तारीख ओबामा स्वास्थ्य बिमा कार्यक्रम संपन्न भएको छ l

dsc05551

उक्त ओबामा स्वास्थ्य बीमा कार्यक्रम मा डीसी नजदीक भर्जिनियाको फल्स चर्चमा करीब ३ दर्जन नेपाली परिवारले बिमा दर्ता गराएका छन l

dsc05548

सो कार्यक्रमको लागि काउंटीका १० जना प्रमाणित परामर्शदाताले हरेक ब्यक्तिलाई मार्गदर्शन को साथै बिमा लिन सहयोग पुर्याएका थिए l

dsc05544

अधिकांश परिवारले सस्तो दरमा बिमा प्राप्त गरेकोमा हर्ष ब्यक्त गरेका थिए l उक्त कार्यक्रममा सान की अध्यक्ष मंजू संगरौला ले बढ़ीमा ४० जनालाई सेवा उपलब्ध गराउन योजना रहेको बताइन l तर ३६ जना ले बिमा दर्ता गराएको बताउँदै यो ठुलो उपलब्धि भएको बताइन l

dsc05543

उनले हामी उत्साहित भएको बताउँदै हामी नेपाली समुदायलाई अझ सेवा पुर्याउन चाहेको बताइन l सोसाईटी अफ अमेरिकन नेप्लिज नर्सेस (सान) समाज सेवामा अन्य क्रियाशील गैर मुनाफा संस्था सरह अमेरिका भर निकै सक्रिय रहेको छ l

तस्बीर सौजन्य  :खेम भट्टचन

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...