Monday, December 19, 2016

प्राधिकरण सञ्चालन समितिको पुनर्गठन

काठमाडौँ, ४ पुस । सरकारले विद्युत् प्राधिकरण सञ्चालन समितिको पुनर्गठन गरेको छ । प्राधिकारणका तीन सदस्यलाई हटाइएपछि गत मङ्सिर ३० गतेको मन्त्रिस्तरीय निर्णयले उक्त स्थानमा रुकुमका भक्तबहादुर पुन, बझाङका चेतराज जोशी र सुर्खेतका उमेशप्रसाद थानीलाई नियुक्त गरेको हो ।
ऊर्जा सचिव अनुपकुमार उपाध्ययको अध्यक्षतामा गठित समितिमा प्राधिकरणका कार्यकारी निर्देशक सदस्य सचिवसहित अर्थ मन्त्रालयका सचिव डा शान्तराज सुवेदी र चन्द्र टन्डन सदस्य रहनुभएको छ ।

नवगठित बोर्डको ७४१औँ बैठक आज बसेको र पाँच दर्जनभन्दा बढी निर्णय भएको जानकारी ऊर्जा मन्त्रीका निजी सचिव कृष्ण केसीले दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...