Monday, December 19, 2016

जिल्ला अदालत काठमाडौँको नौ वटा इजलास विशेष अदालतमा सर्ने

काठमाडौँ, ४ पुस । जिल्ला अदालत काठमाडौँले नौ वटा इजालासलाई विशेष अदालतमा सार्ने भएको छ । जिल्ला अदालत काठमाडौँले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा ३३ वटा इजलासमध्ये २५ देखि ३३ सम्मका नौ वटा इजलासलाई यही पुस १० गतेदेखि विशेष अदालतमा सार्ने तयारी भएको अदालतका स्रेस्तेदार ध्रुवप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।

उहाँले सेवा प्रवाहमा सुगमता ल्याउनका लागि थप सहयोग पुग्ने र काम कारबाही व्यवस्थित गर्ने उद्देश्यका साथ विशेष अदालतको भुइँतला र दोस्रो तलामा सो इजलास सार्न लागिएको बताउनुभयो ।

त्यसैगरी, सेवाग्राहीको सहजताका लागि काठमाडौँ अदालत र विशेष अदालतबीचमा पर्ने सडकमा आकाशे पुलसमेत निर्माण गर्न लागिएको हो । सेवाग्राहीलाई आवतजावत गर्दा उत्पन्न हुनसक्ने सडक दुर्घटनासमेतलाई ध्यानमा राखेर सो स्थानमा आकाशे पुल निर्माण गर्ने कार्यलाई तीव्ररुपमा अगाडि बढाएको स्रेस्तेदार उप्रेतीले बताउनुभयो ।

सडक विभागबाट माटो परीक्षण गरी सो पुलको निर्माण कार्य अघि बढाइसकेको पनि उहाँले बताउनुभयो । काठमाडौँ अदालतको छुट्टै वेबसाइट निर्माण गर्ने सम्बन्धमासमेत सर्वोच्च अदालतसँग समन्वय भइरहेको स्रेस्तेदार उप्रेतीले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...