काठमाडौँ, ४ पुस । मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगितामा च्याम्पियन बनेको राष्ट्रिय फुटबल टोलीलाई आज सम्मान गरिएको छ ।
आएएमएस गु्रपद्वारा आज यहाँ राष्ट्रिय फुटबल टोलीका प्रत्येक सदस्यलाई सम्मान गरिएको हो । सो ग्रुपका कार्यकारी प्रमुख दिकेश मलहोत्रा र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का मानार्थ अध्यक्ष टासी घलेले सयुक्तरुपमा उहाँहरुलाई सम्मान गर्नुभयो । सम्मानस्वरुप उहाँहरूले सामसुङ मोबाइल ग्यालेक्सी जी फाइब प्राप्त गरे ।
नेपालले सोलिडारिटी कपको फाइनल खेलमा मकाउलाई पराजित गर्दै च्यापियन बनेको थियो ।
कार्यक्रममा एन्फाका मानार्थ अध्यक्ष घलेले यस किसिमको सम्मानले सवै खेलाडीमा आत्मबल बढ्ने भन्दै सवैले खेल र खेलाडीलाई निरन्तर रुपमा सहयोग गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै नेपाली टोलीका प्रशिक्षक राजुकाजी शाक्यले यस किसिमको सम्मान र पुरस्कारले आफूहरूलाई थप हौसला प्राप्त भएको बताउनुभयो ।
No comments:
Post a Comment