सूचना प्रविधिको क्षेत्रमा उल्लेखनीय काम गरेका र रोमन म्याग्सेसे जस्तो प्रतिष्ठित पुरस्कार प्राप्त गरेका महावीर पुन राष्ट्रिय आविष्कार केन्द को महत्वबारे अमेरिकावासी नेपालीहरु माझ अनौपचारिक र औपचारिक छलफलमा निस्किएका छन् ।
सन् २०१२ देखि काठमाडौंको लाजिम्पाटमा केन्दले आफ्नो काम थालिसकेकोमा यसलाई थप प्रभावकारी रुपमा अघि बढाउन सबै नेपालीको सहयोगको आवश्यक्ता रहेको जनाउंदै उनले सहयोगको लागि पनि आह्वान गरे ।
“यो केन्द«ले नेपालमै रहेका प्रतिभाशाली व्यक्तिहरुलाई देशमै राखेर उनीहरुको क्षमता अभिवृद्धि गराउंदै देशको उन्नतिमा प्रयोग गर्ने सोच लिएको छ,” पुनले भने ।
आफ्नो अमेरिका दौडाहाको क्रममा विभिन्न राज्यको भ्रमण गर्दै यहि शनिबार न्युयोर्क राज्यमा रहेका नेपालीमाझ अन्र्तक्रिया गरेर उनी स्वदेश फर्कदंै छन् ।
न्युयोर्कको अन्र्तक्रियाको समन्वय गैरआवासिय नेपाली संघ अमेरिकाको साइन्स, टेक्नोलोजी एन्ड एकोनोमिक पोलिसी कमिटीले गर्दैछ भने नेपाल अमेरिकी पत्रकार संघ(नेजा) ले मिडिया पार्टनरको भुमिका निभाउंदैछ ।
कमिटीका अध्यक्ष्ँ देशराज संयोक लिम्बुले पुनको यो पूण्य काममा एन.आर.एन.अमेरिकाले सक्दो सहयोग गर्ने उल्लेख गरे । “म निकै नै आशावादी छु कि यो केन्दले देशमा रहेका विज्ञान र प्रविधिमा पोख्त जनशक्तिलाई देशमै राख्ने वातावरण बनाउने छ र यसलाई देशको अर्थतन्त्रसंग जोड्ने काम गर्नेछ ।
पुनसंगको अन्र्तक्रिया शनिबार दिउंसो १ बजेदेखि ४ बजेसम्म न्युयोर्क शहरको सत्यनारायण मन्दिरमा हुदैंछ ।
No comments:
Post a Comment