Sunday, December 18, 2016

पञ्चतेज ज्योति राप्राबिमा तारबार उद्घाटन

dsci6766

चितवन, ३ पौष ।
रत्ननगर–१० मंगलपुरमा रहेको श्री पञ्चतेज ज्योति राप्राबिमा पक्का तारजालीले कम्पाउण्ड घेरिएको छ । गोर्खा वेलफेयर स्कीमले २ लाख रुपैयाँको लागतमा बिद्यालय हातालाई तारजालीले घेरिदिएको हो ।

dsci6762

वेलफेयर स्कीमका चितवन प्रमुख मेजर हितमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा शिक्षक अभिभावक संघकी अध्यक्ष दुर्गादेबी उपाध्यायको अध्यक्षता रहेको थियो ।

यस्तै कार्यक्रममा समाजसेवी मुरली प्रसाद गजुरेल, चेपाङ अभियान्ता केपिकिरण शर्मा, बिद्यालयका प्रधानाध्यापक रामबहादुर मगर, न्यु हरियाली क्लबका अध्यक्ष टक बहादुर गुरुङ, तमु समाज रत्ननगरका अध्यक्ष कुल बहादुर गुरुङ, मगर संघ रत्ननगरका अध्यक्ष रमेश राना, वडा नागरिक मञ्चका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ, चितवन समाज युएईका सल्लाहाकार श्याम पोखरेल, बालमैत्री क्लबका संयोजक यज्ञ प्रसाद धमला, पञ्चकन्या सामुदायीक बनका उपाध्यक्ष कृष्ण बगाले, वडा नं. १० का सचिब पदमराज सापकोटा लगायतले मन्तब्य राख्नु भएको थियो भने चेपाङ बालबालिकाहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै बिद्यालयका प्र.अ. रामबहादुर मगरले भन्नुभयो, ‘‘बिद्यालयमा तारजाली लाउनुअघि जंगली जनावरको भय थियो, जंगलको छेउमा भएकोले बिद्यालय हाताभित्र गैंडा लगायतका जनावरको आक्रमण हुन सक्ने त्रास थियो, अब सुरक्षित भयो ।’’

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...