Sunday, December 18, 2016

अपाङ्ग तथा अनाथहरुको साहारा बन्दै सोलुखुम्बुका देन्डी शेर्पा

cover

सुर्य चन्द काठमाडौँ/: जीवन -आफ्नो लागी मात्र त पशुले पनि बाचेको हुन्छ यहाँ, अरुको लागि पनि बाचेर हेर त, जीवन कति सुन्दर छ अनि अरुको लागि बाचेर पाउने खुसि नै आनन्द हो, सत्य हो र अनि धर्म पनि हो । यहि सत्मार्गलाइ सत्यतामा बदलेर सफल बनाउदै छन सोलुखुम्बुका समाजसेबी देन्डी शेर्पा अपाङ्गहरु तथा साहारा बिहीनका साहारा बनेर।

15578870_10210024923252103_2965865594374593340_n

काठमाण्डौको कपनमा अबस्थित बाल अपाङ्ग टेवा संस्था शरिरिक अपाङ्गता भएका बालबालिकाको क्षेत्रमा काम गर्ने एक उदारणीय संस्था हो। यस संस्थाले शरिरिक अपाङ्गता भएका बालबालिकाहरुको शिक्षा,स्वास्थ्य उपचार तथा पुर्नस्थापनाका लागि बिगत दश बर्ष देखि काम गर्दै आइरहेको छ । यस संस्थाले १९ जना विभिन्न विकट ग्रामिण जिल्लाका शरिरिक अपाङ्गता भएका बालबालिकाहरुलाई आश्रय स्थल दिनुका साथै सम्पुर्ण शारीरिक बिकासको लागी शिक्षा दिक्षा गॉस बॉस कपासको ब्यबस्था गर्ने कार्य गर्दै आएको छ त्यसको साथै अन्य दश जनालाई शिक्षा दिने काम गरीरहेको छ।

पर्यटन ब्यबसायी देन्डी शेर्पा आफै सानै उमेर देखि साहरा बिहीन भएर दुख कष्ट भोग्दै ट्रेकिंग पेशा गर्थे, पर्यटकहरु संग काम गर्दै जादा बिभिन्न ठाउमा अपाङ्ग अनाथ बाल बच्चाहरुको बिजोक देख्थे देन्डीले, अनि कति यस्तै अपाङ्ग अनाथ संस्थाहरुमा बिदेशीहरुको साथमा स्वयंसेवकको काम पनि गरे र त्यहा भएका पीड़ा दुख कष्टलाइ नजिक बाट नियाल्ने मौक़ा पनि पाए समाजसेवी शेर्पाले l

आफु साहराबिहीन भएर बाच्नु परे पनि अन्य अनाथ अपाङ्ग अनि सहाराबिहीन बालबालिकाहरुले सहारा प्राप्त गरुन राम्रो शिक्षा हासिल गरुन भन्ने अभिप्रायले सन २००६ मा देन्डी शेर्पाले बाल अपाङ्ग टेवा संस्था स्थापना गरी आफुले पर्यटन ब्यबसायबाट कमाएको रकमले अपाङ्गहरुको लागी काम गर्न शुरू गरेर उनले अहिले १९ जना अपाङ्ग बालबालिकाहरुलाई खान, बस्न सुविधा सहित शिक्षा दिइरहेका छन ।

देन्डी शेर्पाले अहिले २० बर्षका लागि चार रोपनी जग्गा भाडामा लिएर अपाङ्ग बाल टेवा संस्थाको कार्यालय स्थापना गरेका छन । आफनो आर्थिक अवस्थाले भ्याएसम्म अपाङ्ग मैत्री, वातावरण मैत्री र वालमैत्री भवन बनाउने प्रयास गरेका छन । जसले गर्दा अपाङ्ग बालबालिकाहरुलाई भईपरि आउने आपत बिपत पर्दा उद्दार गर्न सजिलो होस l महिलाहरुका लागि छुट्टै होस्टल रुम, टवाइलेट, बनाएका छन भने पुरुषहरुका लागि छुट्टै होस्टल रुम तथा टवाइलेटको व्यवस्था गरेका छन भने पुस्तकालय भान्छा कोठा सबै व्यवस्थित तरिकाले बनाएका छन । फिजियोथेरापि सेन्टर पनि बनाउने सोच लिएका देन्डी शेर्पाले आर्थिक अभावका कारण फिजियोथेरापी मेसिन किन्न नसकेको बताउछन ।

आहिलेसम्म अपाङ्ग बाल टेवा संस्थालाइ खासै ठुलो कही कतै बाट सहयोग प्राप्त भने भएको छैन। देन्डी शेर्पाले आफ्नै पहलमा तथा आफ्नै पर्यटन ब्यबसाय र यही संस्था र संस्थामा आश्रित बालबालिकाको सहयोगार्थ भनी गार्मेन्टको संचालन गर्दै त्यहा बाट भएको फाइदा तिनै अपाङ्ग बाल बालिकाहरुको लागि खर्च गर्दै आएका छन l उनले उक्त गार्मेन्टमा पनि एकल महिला तथा पुरुषहरुलाई रोजागारी प्रदान गरेर अर्को एक समाजसेवा समेत गर्दै आएका छन l उक्त गार्मेन्टबाट उनले ट्रकिंग जादा चाहिने सामग्री देखि खेलकुदका कपड़ाहरु उत्पादन गरेर सेवाग्राही देखि लिएर अपाङ्ग बालबालिका समेतलाई सेवा प्रदान गर्दै आएका छन l आफनै खर्चमा यति ठूलो सामाजिक कार्यमा हात हालेका छन । तर उनलाई सहयोग गर्ने कोही छैन । अपाङ्ग बाल टेवा संस्थामा चाहिने हरेक सामाग्री उनी आफैले जोहो गर्दै आएका छन l आफ्नै संस्थाको कम्पाउंड भित्र उनले ब्याडमिन्टन, वास्केटबल टिटीबल खेलाउनको लागि उनले मैदान तयार गरेका छन तर केहि आर्थिक अभाबले गर्दा उनले त्यों कुरा हरु पुरा गर्न सकेका छैनन ।

देन्डीले यस अपाङ्ग बाल टेवा संस्था मार्फ़त ४ जनालाई प्रत्यक्ष रोजगार समेत दिएका छन भने उनकी श्रीमती माया शेर्पाले देन्डीलाई उनको काममा साथ र सहयोग गर्दै आएकी छन । आफुले पढ़न नपाए पनि उनको उद्देश्य भनेको अनाथ अपाङ्गहरुलाई शिक्षा प्रदान गरी आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु हो l देन्डी आफु निरक्षर भएर पनि २९ जना बालबालिकालाई साक्षर बनाएका छन । उनको यो एक्लो प्रयासले अपाङ्ग बालबालिकाहरुको क्षेत्रमा ठूलो सहयोग पुगेको देखिन्छ। तर आफु कुनै श्रोत बिना पनि समाजमा सकारात्मक काम गरे पनि सरकारी तबर बाट कुनै केहि सहयोग प्राप्त नगरेकोमा दुख ब्यक्त समेत गरेका छन l

२००६ देखि २०१६ सम्ममा उनले अन्य सामाजिक कार्यहरु जस्तै बाल शिक्षा, सिलाई तालीम, अनौपचारिक शिक्षा, बालबिकाश केन्द्र, धुवारहित चुलो, बिद्यालय भवन निर्माण, आकाशे पानी संकलन, सौर्य उर्जा श्रब्यदृश्य पुस्ताकालय, कम्प्युटर, जैविक फोहोर ब्याबस्थापन र कौसी करेसा तालीम प्लाष्टिक ब्याग हटाउ अभियान, भुकम्प राहत तथा जस्ता बितरण, कृषि तालीम, लघुवित्त तालीम, मैनबत्ती उत्पादन तालीम जस्ता बिभिन्न आयमुलक समाजसेवामा प्रत्यक्ष १४,५१२ जाना लाभान्वित समेत भएका छन l

हामी र हाम्रो नेपाली समाजमा अपाङ्गहरुलाई हेर्ने दृष्टिकोण फरक छ, समाजले हेर्ने दृस्टीकोणमा हेयको भाब छ l शारीरिक अपांगता भएको साथीहरु कुन हालतमा छन होला भनि जुन सुकै हालतमा भए पनि आनाथ तथा अपाङ्गहरुको सेवा र उद्दार गर्ने हेतुले सन् २००६ मा बाल अपाङ्ग टेवा संस्था भन्ने सस्था दर्ता गरि संचालन गर्दै आएका शेर्पाले दश बर्षको अन्तराल धेरै दुख र पीड़ा पनि भोगे l यो समाजमा जति नै उदारणिय काम गरेनि जति नै राम्रो काम गरेनि राम्रो काम गर्ने लाइ प्रोत्सान र सहयोग मिल्न गाह्रो पर्दो रहेछ यहि यथार्थ भोग्दै आएका छन समाजसेबी शेर्पा ।
देश विदेशमा रहनु भएका नेपाली दाजु भाई तथा दिदि बहिनिहरु बाट धेरै थोरै सहयोग प्राप्त भएनि सस्था चलाउन गाह्रो परेको कुरा यस सस्थाका सस्थापक अधक्ष्य देन्डी शेर्पाले बताए। सरकारी तबर बाट केहि सहयोग नपाएको

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...