Thursday, December 29, 2016

“तिमी”

ishwarai gautam

तिमी बस्त्र देख्छेउ
म नाङ्गो शारीर
कापेको देख्छु ।

तिमी पेट ढाकेको
छाला देख्छयौ
म भित्रको भोक
जलेको हेर्दछु।

तिमी सम्पन्न हुन्छौ
म दरिद्रताको
पहाड़ चढ्दै छु।

तिमी पबित्रताको
ढोङ्ग रचाउछयौ
म यथार्थ
धरातल रुचाउछु।

तिमी फूलीरहेको
थुङ्गा मात्र टिप्छ्यौ
म त काडै काडै
गोडेर फलाउदै छु ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...